कामदार दैनिक संवाददाता
काठमाडौं ।
धार्मिक एकता एवं सहकार्यको बारेमा नेपाल सनातन धर्म संस्कृति संगठनको संस्थागत निर्णय एवं अवधारणा सार्वजनिक गरेको छ । जुन निम्न अनुसार रहेको छ:
संस्थाको अवधारण
धार्मिक एकता एवं सहकार्यको बारेमा नेपाल सनातन धर्म संस्कृति संगठनको संस्थागत निर्णय एवं अवधारणा यसप्रकार छ।
१- एउटै धर्म संस्कृति परम्परा बोकेर, एउटै शास्त्र पढेर पनि विभिन्न वाद, विचार र शब्दमा बाँडिएर कमजोर बनेको धार्मिक क्षेत्रले घर्म र देशको लागि विना सर्त एकता वा सहकार्य सुरु गर्नुपर्छ र यस्तो शुभकर्मको लागि हाम्रो संगठन सदासर्वदा तयार रहने निर्णय गरियो। साथै हाम्रा संघ-संस्था र विचारहरु कुनै न कुनै रुपमा हाम्रै पुरानो धर्मशास्त्र सँग जोडिएर संचालित भएको हुनाले धर्म र देश कमजोर बनाउने कुनै पनि तर्क वा कारण धार्मिक जनले स्विकार गर्नु हुँदैन । कोही कसैले हाम्रो एकता फुटाउने दुराशय बोकेर चलखेल गरेमा त्यस्तो व्यक्ति वा संगठनको विरुद्धमा आवश्यक कदम चाल्न तयार रहने निर्णय गरियो।
२- नेपालमा रहेका विभिन्न संघ-संगठनहरुले बोकेका हिन्दु धर्मको पछाडि प्रयोग हुने राष्ट्र, राज्य र अधिराज्य जस्ता शब्दहरु समय काल अनुसार कुनै न कुनै हाम्रा पुर्खा वा शासकहरुले प्रयोगमा ल्याएका शब्द भएकोले यि शब्दको कारण देखाएर सनातन ॐकार परिवारको सहकार्यलाई रोक्न नहुने हाम्रो निष्कर्ष छ। त्यसैले यस्ता शब्द एवं ॐकार परिवारको वैदिक मुल्य मान्यता अनुरुप धर्म शासित शासकीय स्वरुप कस्तो हुने भन्ने बारेमा नेपाल सन्त समाजको निर्णय र निर्देशनलाई मान्ने र आत्मसाथ गर्ने संस्कारको थालनी गर्ने निर्णय गरियो। साथै कस्तो विचार, विधि र पद्धति अपनाएर धर्मराजनीतिको माध्यम बाट देशको सेवा गर्न सकिन्छ भन्ने विषयमा पुर्विय दर्शनका धर्म शासित शासकीय स्वरुपका शब्दको साथमा नैतिकवान धार्मिक चरित्रको खोज गर्दै धार्मिक शासकहरुको खोजी, समन्वय, प्रशिक्षण, संरक्षण र स्थापित गर्दै जाने निर्णय गरियो।
३- नेपाल सनातन धर्म संस्कृति संगठनको पूर्व निर्णय अनुरुप नेपालमा धार्मिक क्षेत्रको एउटै धार्मिक शक्ति केन्द्र र धर्म मान्ने राजनीतिक दलहरुको एउटै धार्मिक राजनीतिक शक्ति केन्द्र बनाउन पहल गर्ने साथै अगुवा धार्मिक गुरु एवं अभियन्ताहरुले एकिकृत संगठनबाट आफ्नो क्षमताको आधारमा विधान अनुरुप पाएको जिम्मेवारी अनुसार स्थान लिएर धर्मको पालना र देशको सेवा गर्ने संस्कार सहितको अभियानलाई निरन्तरता दिने निर्णय गरियो।
४- सनातन हिन्दु धर्म मान्ने भन्दै दिन दिनै विभिन्न राजनीतिक दलहरु खुल्दै गएको र भएका हिन्दुको भोट फुटाएर एकले अर्को लाई कमजोर बनाउन विभिन्न बाहानामा स-साना धार्मिक आचरण र ज्ञान नभएका तर धर्मको कुरा गर्ने गैर धार्मिक मान्छेहरुको समुहहरु बनेकोले झन झन नेपालको धार्मिक देशभक्त आन्दोलन कमजोर भैरहेको र यस्ता व्यक्तिवादी सोच र कामलाई समग्र धार्मिक क्षेत्रले विश्वास गर्न झन कठिन भएको निष्कर्ष निकाल्दै कुनै पनि शक्तिकेन्द्रको प्रभावमा नपरी शास्त्र अनुकूल धार्मिक चरित्र भए नभएको अध्ययन गरेर मात्र समर्थन वा विरोध गर्ने निर्णय गरियो।
५- धार्मिक आन्दोलनमा कुनै पनि धार्मिक मानव एवं गुरुहरु तटस्थ बस्नु वा धर्मनिरपेक्ष शक्तिहरुलाई फाइदा हुनेगरी समर्थन वा उठबसका गतिविधि गर्नु शास्त्र अनुकूल व्यवहार नभएकोले त्यस्ता धर्मको आडमा नक्कली काम गर्ने व्यक्ति वा समुहको समर्थन नगर्ने र सबैको अभिलेख संगठनले राख्ने निर्णय गरियो।
६- विभिन्न शासकीय स्वरुपको कुरा गरेर दलिय राजनीतिको र शक्ति केन्द्रको स्वार्थको लागि धार्मिक सत्ता कमजोर बनाउने साथै हिन्दुहरुको एकिकृत संरचना बन्न नदिने तत्वहरु सँग शास्त्रिय बहस गर्ने र एकता विरोधी काम गर्ने जो कोहीको पनि विरोध गर्दै त्यस्ता व्यक्ति वा समुह सँग सहकार्य नगर्ने निर्णय गरियो।
७- सनातन हिन्दु धर्म सापेक्षताको लागि धार्मिक एकता एवं सहकार्य गर्दै विभिन्न धार्मिक संघ संगठनका देश विदेशमा हुने कुनै पनि शुभकार्यहरुमा विना सर्त सहभागी भएर यथाशक्ति योगदान गर्ने निर्णय गरियो। साथै नेपालमा धार्मिक एकता र सहकार्य गर्ने संस्कारलाई निरन्तरता दिन नेपाल सन्त समाजको संरक्षणमा देशका विभिन्न धार्मिक अगुवा एवं गुरुहरुको २०७८ श्रावण ३ र ४ गते देवघाटमा बैठक बसी “विश्व ॐकार एकता महाअभियान” सुरु भएकोमा खुसी व्यक्त गर्दै स्वागत गर्ने निर्णय गरियो।
पुष्प राज पुरुष
संगठन प्रमुख – नेपाल सनातन धर्म संस्कृति संगठन।
Nsdss2074@gmail.com