काठमाडौं, १५ साउन । सत्ता सम्हालेको दुई हप्ता पुगिसक्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारको तयारी थालेका छन् । उनले आज नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी थालेको बताइएको छ ।
एक राज्यमन्त्रीसहित ५ जनामात्र मन्त्रीलाई नियुक्ती दिएका देउवाले आलोचना बढ्दै गएपछि मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् । त्यसको लागि सत्ता गठबन्धनका सबै पक्षसँग छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक
सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले आज रोकिएको खण्डमा पन अब धेरैदिन पर नसर्ने बताए । आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ भने साझेदार दलहरूले पनि आजै नाम टुंगो लगाउने जनाएका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पनि पार्टीभित्रका अन्य समूहसँग मन्त्रीका लागि नाम मागिसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफ्नो समूहबाट ४ जना मन्त्री हुनुपर्ने माग गरेको छ। प्रधानमन्त्री देउवा भने उक्त समूहका तीन जनालाई मन्त्री बनाउन तयार छन्।
माओवादीबाट पनि मन्त्री बन्ने १३ जनाको नाममा छलफल भइरहेको छ । त्यसमा कम्तीमा ६ जनालाई मात्र सरकारमा जाने सुविधान हुनेछ । आज विहानै मात्र प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यीनै विषयमा छलफल भएको थियो ।
यसैबीच, सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी ९जसपा०को जसपा कार्यकारिणी समितिको बैठक पनि बस्दै छ ।
मन्त्री टुङ्गो लगाउने जिम्मा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाएको मोहम्मद इस्तियक राईले बताए । गठबन्धनका शीर्ष नेताहरुवीच आजै मन्त्रिपरिषद विस्तारबारे छलफल गर्ने तयारी छ ।
कसलाई कति मन्त्रालय ?
सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ ।गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरुको मन्त्रालय संख्या भागबण्डा मिलाएको हो ।
गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।
माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।
विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एकले जानकारी दिएका छन् ।
उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको तर टुङ्गोमा पुगिनसकेको जनाइएको छ । यता नेकपा एमालेको माधवकुमार नेपाल समूहले भने तत्काल सरकारमा नजाने भएको छ । नेपाल समूहले सरकारमा नजाने बताएसँगै सत्तारुढ तीन दलले पावर शेयरिङमा सहमति जटाएका हुन् ।
