जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

मुख्य समाचार राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष यादवलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। जसपा नेता मोहम्मद इस्तियाक राईले सर्वसम्मत रुपमा यादवलाई दलको नेता चयन गरिएको जानकारी दिए।

यादवलाई दलको नेता बनाउन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका थिए। बैठकमा २१ जना संघीय सांसदको उपस्थिति थियो। निर्वाचन आयोगबाट अध्यक्ष यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गरिएको हो।

तत्कालीन राजपा र संघीय समाजवादीबीच एकता भएर जसपा बने पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए। जसपामा उपेन्द्रपक्षमा २२ सांसद छन्। बाँकी १० सांसद महन्थतिर लागेका छन्।