काठमाडौं । प्रथम ईचङ्गु नारायण रमाईलो दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड प्रतियोगितामा ६ वर्षदेखि ७० वर्ष उमेरसमुह सम्मका खेलाडिहरु सहभागी भएका थिए । स्वयंभू एथलेटिक्स् ट्रेनिङ्ग सेन्टरले आयोजना गरेको उक्त कार्यक्रम युवा समाजसेवी रामकुमार श्रेष्ठले संयोजन गरेका थिए ।
विजयी एवं सहभागी खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर तथा अतिथि वरिष्ठ रचनाकार बुद्धविर लामाले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिता स्वयंभू एथलेटिक्स ट्रेनिङ्ग सेन्टरका अध्यक्ष एवं प्रशिक्षक रमेश सुनारले सञ्चालन गरेका थिए ।
Facebook Comments Box