–केशब राज पुरूष
काठमाडौं ।
विश्व ॐकार एकता महाभियानको आयोजनामा आज श्रावण १८ गते काठमाण्डौ स्थित राष्ट्रदेव पशुपति नाथलाई परिक्रमा गर्दै सनातन हिन्दु राष्ट्रका लागि “एकता सङ्कल्प शान्ति परिक्रमा” सम्पन्न भएको छ । देशका विभिन्न ठाउँ बाट विभिन्न धर्म र सम्प्रदायका गुरुहरू, सन्त,महन्त,योगी,संन्यासी लगाएत धार्मिक अभियन्ताहरुको उलेख्य उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
एकता महाभियानका संयोजक डा. चिन्तामणि योगीले नेपाली मौलिक सनातन धर्म संस्कृति र परम्पराको संरक्षण गर्न सम्पुर्ण नेपालीहरु एक जुट हुनु पर्ने समय आएको बताउनु भएको थियो । नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउनको लागि सम्पुर्ण ॐकार परिवारलाई एकिकृत गर्नको लागि विश्व ॐकार एकता महाभियानले कार्यक्रमहरु सुरु गरेको समेत बताउनु भएको थियो ।
उक्त कार्यक्रममा संयोजक मंडलका सदस्य योगी पुष्पराज पुष्पराज पुरुषले एकता महाभियानको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । उक्त अवधारणा पत्रमा नेपाल राष्ट्रका सबै स्वदेशी आस्था, उपासना पद्धति, एवं स्थानीय संस्कृतिलाई सम्मान गर्दै समस्त ॐकार परिवार बीच एकता कायम गर्ने गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्व-संस्कृतिको रक्षाका लागि धर्मसापेक्ष सनातन हिन्दू राष्ट्रको पहिचान पुनः स्थापित गर्न एकजुट हुने संकल्पका साथ यस क्षेत्रमा कार्यरत धार्मिक संघ संस्था एवं धार्मिक मठ मन्दिर ,सन्त,महन्त,स्वामी,गुरुजन र अभियन्ताहरू एकजुट भई “विश्व ॐकार एकता महाभियान” नामक साझा अभियान सञ्चालन गर्ने अवधारणा प्रस्तुत गरिएको थियो । जुुन निम्न रहेेको छ।
ॐ
विश्व ॐकार एकता महाभियान
—————————————————————
आज मिति २०७८ साल श्रावण ५ गते आषाढ शुक्ल हरिशयनी एकादशीका पावन अवसरमा पवित्र तीर्थ देवघाटधाममा शालिग्रामवाहिनी कृष्ण गण्डकी शाम्भवी नदी त्रिशूलीको सङ्गममा अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको संरक्षकत्व, नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको अध्यक्षता एवं महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको पावन सान्निध्यमा स्वधर्म रक्षाका लागि एकजुट हुने शुभ संकल्पका साथ समस्त ॐकार परिवार बिच एकता कायम गर्ने उद्देश्यले विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि एवं धार्मिक अभियन्ताहरूको सामूहिक उपस्थितिमा यो अवधारणा पारित गरिएको छ।
१. नेपाल राष्ट्रका सबै स्वदेशी आस्था, उपासना पद्धति, एवं स्थानीय संस्कृतिलाई सम्मान गर्दै समस्त ॐकार परिवार बीच एकता कायम गर्ने गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्व-संस्कृतिको रक्षाका लागि धर्मसापेक्ष सनातन हिन्दू राष्ट्रको पहिचान पुनः स्थापित गर्न एकजुट हुने संकल्पका साथ यस क्षेत्रमा कार्यरत धार्मिक संघ संस्था एवं धार्मिक मठ मन्दिर ,सन्त,महन्त,स्वामी,गुरुजन र अभियन्ताहरू एकजुट भई “विश्व ॐकार एकता महाभियान” नामक साझा अभियान सञ्चालन गर्ने अवधारणा प्रस्तुत गरेकाछौं ।
२. यस “विश्व ॐकार एकता महाभियान” द्वारा प्रस्तुत मूल मान्यता , नीति र कार्यक्रमको अवधारणा यस प्रकार छ।
क) वैदिक, बौद्ध, जैन, सिख, किरात, बोन लगायत सनातन ॐकार परिवारकोविशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा धर्मसापेक्षतताको पहिचान पुनःस्थापित गर्ने ।
ख) नेपालका हरेक जाति, वर्ग समुदाय र संप्रदायलाई समेट्दै स्थानीय मौलिक संस्कृति र कुलपरम्परा सँगै, आ-आफ्ना राष्ट्रिय आस्था र स्वाभिमानको संरक्षण संवर्द्धन गर्ने गराउने ।
ग) विधर्मीहरू द्वारा परिचालित धर्म परिवर्तन जस्ता कुचक्रहरूलाई रोक्दै समुदायलाई स्वधर्मपरिपालनमा अभिप्रेरित गर्दै राष्ट्रिय आस्था र अस्मितामा आँच आउन नदिने।
घ) ॐ कारमूलक पन्थ ,सम्प्रदाय ,संघ संस्था र व्यक्तिहरूसंग विश्वस्तरमै सहकार्य गर्ने ।
ङ) भ्रष्टाचा रमुक्त स्वस्थ,समृद्ध, स्वाभिमानयुक्त समाज बनाउनको लागि सबै खाले विसंगति ,जातीय छुवाछुत र विभेदरहित अखण्ड राष्ट्रनिर्माण गर्ने ।
च) राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ, गुह्यकाली ,भगवान् बुद्ध रिम्पोच्छे र फाल्गुनन्द लगायत सम्पूर्ण आस्थाका केन्द्रहरु प्रति आस्थाशील हुँदै राजर्षि जनकको आदर्श , गुरु गोरखनाथको आशीर्वाद र राष्ट्रनिर्माता पृथ्वी नारायणशाह द्वारा गरिएको नेपालको एकीकरणलाई सम्मान गर्दै सम्पूर्ण राष्ट्रिय धर्ममूलक शक्तिहरू सँग सहकार्य गर्ने ।
छ) संरक्षक मण्डल र संयोजक मण्डलको विशेष निर्णय र निर्देशन अनुसार संगठित रुपमा कार्य गर्ने ।
ज) केन्द्रीय नीति निर्देशन र संरचना अनुसार १४ वटै अञ्चलमा यथाशीघ्र बृहत् ॐकार परिवार एकता जागरण अभियान संचालन गर्ने। झ) धर्मशासित हिन्दुत्वका पक्षधर सबै शक्तिहरुको नैतिक समर्थन लिने । ञ) नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासंघको अभिभावकत्वमा सम्पूर्ण विशिष्ट धार्मिक संघ संस्था र अभियन्ताहरुसँग सहकार्य गर्ने। ट) राजनीति देखि सर्वथा पृथक् रहने तर यस अभियानको मूल मान्यता स्वीकार गर्ने धर्मसापेक्ष हिन्दु राष्ट्रका पक्षधर शक्तिहरु सँग मर्यादा पूर्ण सहकार्य गर्ने। ठ) हाम्रो मूल मान्यता स्वीकार्नेहरु सँग मात्र सहकार्य गर्ने ,जनचाहना र सहभागितामूलक राष्ट्रिय कार्यक्रमहरुमा बढी जोड दिने।
ड) हाम्रो मान्यता र आदर्शमा रहेका कुनै पनि धार्मिक, सामाजिक संघ संस्थाहरुले अभियानको उद्धेश्य अनुकूल कार्य गर्दा समर्थन गर्ने र यथाशक्ति सहयोग लिने दिने।
३) कार्ययोजना –
– नेपालमा रहेका धार्मिक संघ संस्था र अभियन्ताहरु सँग लिखित प्रतिबद्धता निश्चित गर्ने। – शीघ्रमेव बृहत् धर्मसभा गर्ने – सबैखाले संचारमाध्यम संगको सम्बन्धलाई सशक्त बनाउने।
– सूचना, सम्पर्क, समन्वय, रिपोर्टिङको संजाललाई सशक्त बनाउने।
– डिजिटल प्रविधिको पूर्ण उपयोग गर्ने।
– प्रचारपत्र, गीत, नारा, ब्यानर, प्लेकार्ड र कार्यक्रम निश्चित गर्ने।
४) मूल आचारसंहिता –
– यस महाभियानमा लाग्नेहरुको आचरण र व्यवहार सनातन मर्यादा अनुकूल हुनुपर्नेछ।
– कुनै पनि सदस्यले संचारमाध्यममा संवाद गर्दा निश्चित तरिकाले संयमपूर्वक सन्देश प्रवाहित गर्नु पर्नेछ।
– यो महाभियानमा आर्थिक र नैतिक पारदर्शिताका लागि विशेष निश्चित मापदण्ड अपनाइने छ।
५) महाभियानको मूल आर्थिक स्रोत –
– महाभियानका व्यक्ति र संस्थाहरुको आन्तरिक श्रोत नै मुख्य श्रोत हुनेछ।
६) कार्यालय — यस महाभियानको मुख्य कार्यालय काठमाडौंको कुनै मन्दिर वा सार्वजनिक स्थल हुने छ।
– आवश्यकता अनुसार कार्यालय सहायक व्यवस्था गरिनेछ।
७) विविध –
– अन्तर्राष्ट्रिय सनातन शक्तिलाई महाभियानमा जोडिने छ।
– नेपालका सबै विशिष्ट पन्थ एवं सम्प्रदायहरुलाई सम्मानपूर्वक जोडिने छ।
८) सांगठनिक प्रारुप –
* संरक्षक मण्डल –
– महामण्डलेश्वर आत्मानन्द गिरी जी महाराज
– स्वामी ज्ञानानन्द सरस्वती जी
उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण धार्मिक व्यक्तिहरुले सनातन हिन्दु राष्ट्र पुन: स्थापना गर्नको लागि संकल्प समेत गर्नु भएको छ ।