जनसम्पर्क समिती कोरियाले रोकिएका नेपालीहरू तुरुन्त कोरिया ल्याउनुपर्ने माग राख्दै नेपाली दूतावास सौल मार्फत सरकारलाई ज्ञापन पत्र बुझायो

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

नेपाल जनसम्पर्क समिती कोरियाले रोकिएका नेपालीहरू तुरुन्त कोरिया ल्याउनुपर्ने माग राख्दै नेपाली दूतावास सौल मार्फत नेपाल सरकारलाई  ज्ञापन पत्र बुझाएको छ।

 

 

लामो समय देखी नेपालीहरु मंहगो चार्टर्ड उडानको मारमा पर्नुको साथै कोरिया नेपाल निमियत उडान, ‘EPS अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका, लेवर कन्ट्याक्टको पर्खाइमा बसेका, नियमिततर्फ र प्रतिबद्ध तर्फ नेपालमा रोकिएका नेपालीहरू कोरिया पठाउन सरकारले कुनै पहल  गरेको नगरेको भन्दै नेपाली जनसम्पर्क समिती कोरिया द्वारा नेपाली दूतावास सौल मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाएको हो।

 

 

अहिले नेपाली जनताको आस र भरोसा भनेको नेपाली कांग्रेसको सरकार भएकोले अहिलेको सरकारले देखिने गरि काम गर्न पर्ने आजको टड्कारो आवश्यकता भएको बताउँदै आफुहरू युवा पङ्क्ति भएकोले आफुहरू नेपाली दुतावास मार्फत नेपाल सरकारलाई कोरिया लगायत बिभिन्न देशमा रोजगारी एबं अन्य उद्देश्यको लागि बिदेसीन बाध्य नेपालीहरुको समस्या र बाध्यतालाई बुझि सहजीकरण गर्नका निम्ति सरकारलाई दबाब सिर्जना होस् भन्ने हेतुले आफुहरू आज जम्मा भएको नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्लले बताइन्।

 

 

त्यसैगरि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उप सभापति एबं बौद्धिक युवा नेता जितेन्द्र महताले आफुहरू कोरोना कहरका बिच यसरी जम्मा भएर नेपाल दुताबास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउनु रहर नभई बाध्यता भएको बताउँदै नेपाल सरकारलाई यस्ता किसिमका समस्याहरूमा जिम्मेवार बन्न आग्रह समेत गरे।

 

 

नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका प्रबक्ता सिताराम तिम्मलसिनाले नेपाली जन सम्पर्क समिति दक्षिण कोरिया स्थापना काल देखि नै नेपाल र नेपालीहरुको हितका निम्ति सदैब अग्रसर रहेको बताउँदै आजको ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि यसैको एक हिस्सा भएको बताउँदै नेपाली कांग्रेस पार्टी मार्फत पनि यस बिषयमा समन्वय गरिने समेत बताए।

 

नेपाली जन सम्पर्क समिति दक्षिण कोरिया ले आईतवार दुताबास खोलेर नेपालीलाई सेवा दिन पनि जोड्दार माग गरेेको समेेत बुझिएको छ।