ग्लोबल पिस फाउण्डेशनको विश्व सम्मेलन अगस्ट ७ देखि शुरु हुँदै

समाचार

काठमाडौं । विश्वका सवै देशहरुमा संगठन रहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ग्लोबल पिस फाउण्डेशनको विश्व सम्मेलन ‘ग्लोबल पिस कन्भेन्सन २०२१ यही अगस्ट ७ देखि १५ सम्म आयोजना हुँदैछ । ‘हाम्रो परिवर्तित विश्वको शान्ति निर्माणमा नैतिक र अविनव नेतृत्व’ मूल नारा दिइएको सम्मेलनमा विश्वका सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक पर्यावरण, विकास लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरुले सहभागीता जनाउँदै छन् ।

अघिल्ला वर्षहरुमा विभिन्न देशमा प्रत्यक्ष सहभागीतामा सम्मेलन हुँदै अएपनि यस वर्ष कोरोना भाइरसको माहामारीका कारण भर्चुअल विधिबाट सम्मेलन हुुन लागेको ग्लोबल पिस फाउण्डेशन नेपालका निर्देशक राम रोहन पन्तले जानकारी दिनुभयो । सम्मेलनमा नेपालको तर्फबाट निर्देशक पन्तले शान्ति, विकास र पर्यटन उद्यमशीलताका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तालिका छ ।

फाउण्डेशनका निर्देशक पन्तका अनुसार सम्मेलान विधागत रुपमा युवा र महिला, मुलय मान्यताको शान्ति निर्माण, शिक्षामा रुपान्तरण, कोरिया एकता, विश्व शान्ति र विकास सेवा फोरम लगायतका शिर्षकहरु छलफलका मुख्य विषय रहेका छन् । विश्व सम्मेलन नेपाल जस्तो सानो र विकाशोन्मुख मुलुकलाई विश्वसामु चिनाउने तथा मित्रता र भाइचाराको सम्बन्ध विकास गर्न महत्वपूर्ण हुने पन्तको भनाई छ । उहाँ विगतका वर्षहरुदेखि नै ग्लोबल पिस फाउण्डेशनको तर्फबाट नेतृत्व गर्दै निरन्तर रुपमा सम्मेलनमा सहभागीता जनाउँदै आउनुभएको छ ।

विश्व सम्मेलनमा तल उल्लेखित लिंक माफृत् भर्चुअल सहभागीता जनाउन सकिन्छ ।