काभ्रे सम्पर्क समिती द.कोरियाको छैठौँ अधिबेशन सम्पन्न, प्रकाश योञ्जन नेतृत्वमा  

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

काभ्रे सम्पर्क समिती द.कोरियाको छैठौँ अधिबेशन गत आईतबार जुम मार्फत  सम्पन्न भएको छ। अधिबेसनले प्रकाश योञ्जनकाे नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ।

 

निवर्तमान अध्यक्ष सानु लामाको सभापतीत्वमा सम्पन्न अधिवेशनमा आतिथ्यताका लागि  प्रमुख अतिथि प्रवासी मजदुर युनियन (MTU )का अध्यक्ष उदय राई ,NRNA कोरियाका महासचिव रोशन भट्टराई ,NCCकोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ ,पत्रकार महासंघ कोरियाका अध्यक्ष रन्जन राज कुंवर ,बागमती प्रदेश एकता समाज कोरियाका अध्यक्ष रबि प्रताप घिसिङ,जनजाति महासंघ कोरियाका अध्यक्ष युगल तेण्डुप शेर्पा बागमती प्रदेशभित्रका  जिल्ला अध्यक्ष एवं प्रतिनिधि , जातीय संघसंस्थाका प्रतिनिधि ,क्षेत्रीय संघसंस्थाका प्रतिनिधि,कोरियास्थित नेपाली राजनीतिक दल सम्बद्ध प्रवास संगठनका अध्यक्ष तथा प्रतिनिधि एबं सामाजिक अभियन्ताको बाक्लो सहभागिता रहेको थियो ।

 

 

हरिकृष्ण श्रेष्ठ संयोजकत्वमा यम श्रेष्ठ, मणिक लामा, गणेश प्रसाद तिमल्सिना, सिताराम तिमल्सिना,अशोक मैनाली, सानुकान्छा लाल वाइवा सहित टोलीले निर्बाचन सफलताको साथ सम्पन्न गराएको हो।

 

 

 प्रकाश योन्जनको नेत्रृत्वमा १७ सदस्य कार्यसमिति सर्बसहमतिले निर्बाचित हुदाँ वरिष्ठ उपाध्यक्षमा मनोज तुम्सिङ मगरउपाध्यक्षमा सुमन चौलागाईं , सुस्मा थापा र नवराज तिमल्सिना,  सचिवमा सुदर्शन तिमल्सिना, सहसचीवमा हिमाल स्याङ्तान, कोषाध्यक्षमा सबिता तिमल्सिना, सहकोषाध्यक्षमा  आशिष तमाङ र सदस्यहरूमा सागर लामा, मिलन तमाङ, सन्तोष क्षेत्री, बिष्णु  दनुवार, सुदन बुढाथोकी ,दिवाकर चौलागाई, देवि माया चौलागाई र केदार नेपाल निर्वाचित भएका हुन्।

 


 

कामदार दैनिक परिवार अध्यक्ष प्रकाश योन्जन लगायत सम्पूर्ण  पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box