सिटिजन लाईफ इन्स्योरेन्सले दियो १० लाख घातक रोगको बिमा दाबी भुक्तानी

आर्थिक समाचार

देवदह।सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखाले घातक रोग बिरुद्धको बिमा दावी रकम भुत्तानी मार्फत १० लाख बिमित लाई हस्तान्तरण गरेको छ ।
घातक रोग बिरुद्धको बिमालेख खरिद गरेकी सुनवल नगरपालीका ४ निवासी सिता क्षेत्री ले ६ महिना अगाडी आफ्नो छोरा शिवम घिमिरेको बाल भबिस्य जीवन बिमा खरित गरेकी थिईन।
सिटीजन लाइफको घातक रोग बिरुद्धको बिमा योजना अन्तर्गत बीमा गरेका ६ महिना पश्चात ब्रेन ट्युमर रोग समस्या देखिए पछि इन्स्योरेन्स कम्पनीले सिता क्षेत्रीलाई आफ्नै निवाश सुनवल मा गयर ९,५३,२८४/- हजार रुपैया बराबरको चेक हस्तान्तरण गरेको छ ।
बिमा लेख खरिद गरेका उनले बिमा पहिलो किस्ता बुझाएको ६ महिना मै स्वास्थ्यमा समस्या आएपछि कम्पनीले बीमालेख अनुसारको रकम भुत्तानी गरेको सिटिजन लाईफ इन्स्योरेन्स देवदहको शाखा प्रमुख बिनिता श्रीसले बताईन ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा सुनवल नगरपालीका प्रमुख भिम बहादुर क्षेत्रिले बिमा भनेको सुख दुख को साथि जोखिम हस्तान्तरण भएको भन्दै समुदाय स्तरमा बिमा शिक्षालाई प्रभावकारी रुपमा फैलाउन आवश्यक रहेको बताए ।
प्रस्तापक सिता क्षेत्रि ले बिमा साच्चिनै राम्रो कुरा हो आफ्नो क्षेमता अनुरुप गर्नु पर्छ र दुख को बेलामा आफुलाई साथ् र बिस्वाश गरेको मा सिटिजन लाइफ लाई धन्यबाद ब्यक्त पनि गरेका थिय
कार्यक्रममा सुनवल नगर उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष रमेश कार्माचार्य, सुनवल वडा न ४ वडा अध्यक्ष बिर बहादुर गुरुङ, सिटिजन लाइफ इन्स्योरेन्स बुटवलका क्षेत्रीय प्रबन्धक दुर्गा राज ढकाल, सिनियर एजेन्सी म्यानेजर बिष्णु पाण्डे पुरी, कमला थापा, फुलमाया श्रीस, शोभा कुमारी थापा, भेष बहादुर थापा (बिक्की) लगायतले कार्यक्रम मा बोलेका थिए ।