एथलेटिक्स परिवार नेपाल गठनको घोषणा

खेलकुद समाचार

रमेश सुनार/काठमाडौं । एथलेटिक्स खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्य राखेर एथलेटिक्स परिवार नेपाल नामक संस्था गठन गरिएको छ । संस्थाद्वारा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संस्था गठन र पदाधिकारीहरु सार्वजनिक गरिएको हो । एथलेटिक्स संघका पूर्व सचिव समेत रहेका खेलाडि राजन खत्री अध्यक्ष रहेको संस्थामा दिपक कुमार रन्जित उपाध्यक्ष, मन्जु श्रेष्ठ सचिव, सुषमा पाण्डे कोषध्यक्ष रहेका छन । यस्तै सदस्यहरुमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दर केशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् ।

कार्यक्रममा संस्थाले वार्षिक कार्यक्रम एवं प्रतियोगिताको तालिका समेत घोषणा गरेको छ । जसअनुसार २०७८ मंसीरमा युथ एथलेटिक्स च्याम्पियनसिप काठमाडौं, २०७८ माघमा झिल्टुङ क्रशकन्ट्री दौड प्रतियोगिता नुवाकोट, २०७८ फागुनमा गोल्डेन एथलेटिक्स मिट तथा २०७९ श्रावणमा खुल्ला क्रशकन्टी दौड प्रतियोगिता गर्ने जानकारी दिइएको छ । कार्यक्रममा संस्थाको तर्फबाट ओलम्पियन तथा रघुराज वन्त, एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त, पूर्व उपाध्यक्ष मोहन नेपाल, सञ्जिव तुलाधर र पूर्व पूमुख प्रशिक्षक सुशिल नरसिंह राणालाई सम्मान गरिएको थियो ।

Facebook Comments Box