चौरीदेउरालीको भालुचौरमा १५ शैयाको अस्पताल बन्ने

स्वास्थ्य/शिक्षा

पोखरीचौरी । चौरीदेउराली गाँउपालिका वडा नं. ५ भालुचौरमा १५ शैयाको अस्पताल बन्ने भएको छ । प्रदेश ३ ले माताहतका जिल्लाका १६ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालका रुपमा विस्तार गर्न लागेपछि चौरीदेउराली गाँउपालिका वडा नं. ५ भालुचौरमा उक्त अस्पताल बन्न लागेको हो । चौरीदेउराली गाँउपालिकामा रहेको शिवालय इलाका हेल्पोष्टलाई नै १५ शैयाको अस्पतालको रुपमा विस्तार गर्न लागिएको नेकपाका नेता लेखराज गौतमले काभ्रेपोष्टलाई बताए । शुरुदेखि नै चौरीदेउराली–५ भालुचौरमा अस्पतालका लागि लागेका गौतमले काभ्रेपोष्टलाई भने – अब तत्कालनै एक डाक्टर उक्त स्थानमा जाने छन् । डाक्टर साबले अहिले चौरीदेउरालीको इलाका हेल्पपोष्टमै रहेर सेवा गर्ने छन् ।
भालुचौरमा अस्पताल निर्माण हुदै जाने छ । अस्पताल निर्माणको लागि मन्त्रालयले पहिलो चरणको बजेट पनि पठाउने छ । सोही अनुरुप चौरीदेउरालीको भा(लुचौरमा १५ शैयाको अस्पताल बन्ने उहाँले बताउनु भयो ।

Facebook Comments Box