सन्तोष खड्का
कामदार दैनिक।
आर्थिक अभावका कारण राक्सिराङ गाउँपालिका–४(हाल अस्थायी ठेगाना हेटौंडा – ४, कमलडाडा) को देवाल सिं थिङलाई उपचारमा समस्या भएको छ । उनी कोविड-१९ को कारणले निमोनियाँ भएपछि साउन १२ गते चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज (सि. एम. सि) मा भर्ना भइ उपचाररत छन्।
अटो चलाएर दैनिक गुजारा चलाउदै आइरहेको थिङको आर्थिक अवस्था दयनीय रहेको छ। स्वास्थ्यमा समस्या आए पछि अस्पताल भर्ना भएका ४० वर्षे थिङ करिब एक महिना देखि उपचारारत छन्। निम्न बर्गय थिङको उपचार खर्च ९ देखि १० लाख लाग्ने अनुमान गरिएको र उक्त रकमको जोहो गर्न नसक्ने भएपछि आर्थिक सहयोगको लागि उनी लगायत उनका परिवारले अनुरोध गरेका छन्।
गाउपालिका कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगका लागि समन्वय गरिएको र उपचारका लागि सहयोग गरिदिन राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सबैलाई अनुरोध गरिसक्नु भएको थिङका भतिज जगत बहादुर थिङले बताए।
आर्थिक सहयोगका लागि थिङ्की छोरी दिपिका थिङ को नाममा रहेको ग्लोबल आइ. एम. इ बैंक हेटौंडा शाखामा रहेको खाता नम्बर ४६०७०१०००४६०६ र भतिज जगत बहादुर थिङ्ग को नाम मा रहेको उहि बैंकको खाता नम्बर ४६०७०१०००१०७८, हेटौंडा मा र भतिज जगत बहादुर थिङ्गको इ-सेवा आइ डि ९८४५५७४६५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले थिङकी श्रीमातीको मोवाईल नम्बर ९८४९२९५६५५, छोरीको मोबाइल नम्बर ९८६५४२०७३८ र भतिजको ९८५५०१७६५५ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ।