सोलुखुम्बुका सबै निर्बाचित जनप्रतिनिधि पार्टी बिभाजनको विपक्षमा

मुख्य समाचार राजनीति समाचार

सोलुखुम्बु ।हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा एमालेबाट निर्बाचित जनप्रतिनिधिहरु पार्टी बिभाजनको विपक्षमा दृढतापूर्बक उभिने भएका छन् ।

पूर्बअध्यक्ष आङङिमा लामासहित जिल्ला कमिटीका आधा दर्जन जति सदस्यहरु माधव कुमार नेपालको नवगठित नेकपा एकीकृत समाजबादीमा समाहित भएको घोषणा गरिए पनि निर्बाचित जनप्रतिनिधिहरुले एमाले नछोड्ने भएपछि उनीहरु निराश देखिन पुगेका छन् ।गत स्थानीय तहको निर्बाचनमा सोलुखुम्बुका ८ वटा स्थानीय तहमध्ये नेचासल्यान,सोताङ,माप्यदुधकोशी,खुम्बु पासाङल्हामूमा अध्यक्ष र सोलुदुधकुण्डमा उपमेयरसहित जिल्लामा नेकपा एमालेबाट निर्बाचित १ सय २५ जनप्रतिनिधि निर्बाचित भएका थिए।

सो पार्टीलाई साथ दिने ठुलो चर्चा गरिए पनि माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई अन्ततः एमाले जिल्ला कमिटीको १३ औं पूर्ण बैठकमा सहभागी हुनुभएको छ।पार्टी अन्तरसंघर्षका क्रममा यसअघि नेपाल समूहलाई साथ दिनुभएका राई समानान्तर कमिटीमा प्रदेश कमिटी सदस्यसमेत रहनु भएको थियो।

तर नेपाल समूहले पार्टी बिभाजन गरेर एकीकृत समाजबादी गठन गरेपछि राई सो समूह त्यागेर एमाले बैठकमा सहभागी भएपछि एकीकृत समाजबादीवालाहरु पुरै निराश हुन पुगेका छन् । राई गत निर्बाचनमा जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षमा निर्बाचित हुनुभएको थियो।