नेपाल आदिवासी जनजाती महासंघ ख्याङनाम्दो बुसानको अध्यक्षमा परि गुरुङ

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

 

नेपाल आदिवासी जनजाती महासंघ ख्याङनाम्दो बुसान शाखा,दक्षिण कोरियाको ऐतिहासिक तेस्रो अधिवेशन भब्यताका साथ  सम्पन्न भएको छ। उक्त अधिबेशनले अध्यक्षमा परी गुरुङ सहित १४ सदस्यिय कार्य समिति चयन गरेको ।

 

नेपाल आदिवासी जनजाती महासंघ ख्याङसाङनाम्दो बुसान शाखाको ऐतिहासिक तेस्रो अधिवेशन ०५ सेप्टेम्बर आईतबारका दिन दक्षिण कोरियाको किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टको सभा हलमा सम्पन्न भएको हो। नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया केन्द्रिय अध्यक्ष श्री युगेल तेण्डुप शेर्पा ज्युको प्रमुख आतिथ्यमा गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष श्री सन्जिव कुमार राईको ज्युको विशेष अतिथिमा,आदिवासी जनजाती मातहातका जातीय संघ संस्थाका प्रमुख ज्युहरुको विशेष आतिथ्यमा तथा उक्त  क्षेत्रमा रहेका क्षेत्रीय संघ संस्थाका प्रमुख तथा पदाधिकारी ज्युहरु लगायत जनजाती अभियान्ता,बुद्धिजिवी,ब्यबसायि, पत्रकार,विद्यार्थी  एंव बिभिन्न संस्थाका संरक्षक  तथा सल्लाहकारहरूको आतित्थतता रहेको थियो भने नेपाल आदिवासी जनजाती महासंघ ख्याङसाङनाम्दो बुसान शाखाको अध्यक्ष रण तामाङले सभापतित्व ग्रहण गरेका थिए।

 

उक्त ऐतिहासिक तेस्रो अधिवेशनमा संस्थाको प्रगाति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन संस्थाका महासचिव राम तामाङले वाचन गर्दै आउने कार्यसमितिले अझ तयार गरि संस्थालाई आर्थिक रुपमा बलियो बनाउन सुभेच्छा दिँदै  आउने तेस्रो कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको अग्रिम शुभकामना व्यक्त गरे।

 

“संस्कार सस्कृति भाषा भेष हम्रो पहिचान समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ सम्पन्न ऐतिहासिक तेस्रो अधिवेशनमा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि श्री युगेल तेण्डुप शेर्पा ज्युले नेपाल एक बहुजाती,बहुभाषी,बहुसंस्कृति र भौगोलिक सुन्दरताले भरिपुर्ण चार जात छत्तीस वर्ण भएता पनि त्यस अनुरुपको समान अधिकार हुनु पर्ने तर त्यो अधिकार राज्य सत्ता बाट बारम्बार खोसिएको बताउनुभयो।

 

 

यसै क्रममा नेपाल आदिवासी जनजाती महासंघ ख्याङसाङनाम्दो बुसान शाखाका अध्यक्ष रण तामाङ ज्युले ऐतिहासिक तेस्रो अधिवेशनमा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेेेका  थिए भने नवनिर्वाचित अध्यक्ष  परी गुरुङ ज्यु लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्युहरुलाई निर्वाचन मण्डलका संयोजक एंंब संस्थाक संरक्षक श्री रविन राई ज्युले सपथ गराउदैैँ पदभार ग्रहण गराउनु भएको थियो।

उक्त  तेस्रो अधिवेशनबाट अध्यक्षमा  परी गुरुङ , वरिष्ठ उपाध्यक्षमा  उमेश राई, उपाध्यक्षमा  तेजु गुरुङ र कृष्ण महर्जन, महासचिवमा दरिन्जी शेर्पा, सचीवमा अम्बर लामा, विजय पुन र दिपेश राई कोषाध्यक्षमा कमला घले, सह कोषाध्यक्षमा राम पुन मगर र सदस्यहरूमा रत्न कुमार बैद्य, सम्राट तामाङ सुुुर्य नारायण चौधरी र गोपाल माझी निर्बाचित भएका छन्।

 

कामदार दैनिक परिवार अध्यक्ष परि गुरुङ लगायत सम्पूर्ण निर्बाचित पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box