सन्तोष खड्का
सौल,दक्षिण कोरिया
महिलाहरुको महान पर्व तिजको अवसरमा भर्चुअल जुम मार्फत महिला संयोजक सुजता बस्नेतको संयोजकत्त्वमा “शुभकामा आदान प्रदान तथा तीजले महिला सशक्तीकरणमा खेल्न सक्ने भूमिका” विषयमा अन्तरक्रिया सहितको “NRNA तिज विशेष” कार्यक्रममा आयोजना हुन लागेको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा भोमा लिम्बु (महिला संयोजक NRNA ICC ) र बिशेष अतिथिमा नेपाली राजदूतावासकी श्रम सहचारी रमा भट्टराई रहनेछन् भने अतिथीहरुमा कोरिया तथा नेपालमा आफ्नो छुट्टै पहिचान बनाइसकेका बिभिन्न क्षेत्रका महिला दिदिबहिनीहरुले सहभागिता रहनेछ। उक्त कार्यक्रममा जुम मार्फत जोडिन सकिनुको साथै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको फेसबुक पेज बाट लाइभ समेत हेर्न सकिने छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै सम्पूर्ण महिला दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा जुम मार्फत वा फेसबुक लाइभ मार्फत सहभागि हुनको लागि अनुरोध समेत गरेकी छन्।
कार्यक्रमको पूर्ण जानकारी निम्न रहेको छ।
मिति : २०२१-०९-०९ बिहिबार
समय : साँझ ०७:०० बजे (कोरियाको समय अनुसार)
माध्यम: भर्चुअल (जुम मार्फत फेसबुक लाईभ पनि गरिने छ)
जुम आईडि: 818 5790 9122
पासकोड: 123456
कार्यक्रम संयोजक: सुजाता बस्नेत (महिला संयोजक, NRNA KOREA)