सेर्बियाको बेलग्रेडमा हुने ‘अन्डर–१५ वल्र्ड स्कूल स्पोर्टस् गेम–२०२१ मा भाग लिन खेडाली त्यसतर्फ प्रस्थान गर्दै

खेलकुद समाचार

काठमाडौं । सेर्बियाको बेलग्रेडमा हुन गई रहेको ‘अन्डर–१५ वल्र्ड स्कूल स्पोर्टस् गेम–२०२१ मा नेपालको तेक्वान्दो तर्फबाट सहभागिता हुने भएको छ । उक्त प्रतियोगितामा चन्द्रागिरी तेक्वान्दो डोजाङ्गतर्फबाट सिमानी लामा, सुजाल कार्की, सुबिना तामाङ, लवाङ लामा, प्रातिष्ठा के.सी गरी पाँच जान खेलाडी तथा कोच सुबास तामाङ सेर्बिया प्रस्थान गर्ने भएका छन् ।

आज चन्द्रागिरी तेक्वान्दो डोजाङ्गमा खेलाडी तथा कोचको बिदाई कार्यक्रम सम्पन्न भएको छ । माननीय सांसद रमा आले मगरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । माननीय सांसद मगरज्यूले खेलाडी तथा कोचलाई खादा लगाई बिदाई गर्नुभएको थियो । सोही कार्यक्रममा वडा नं. १ का अध्यक्ष राजेन्द्र के.सी, वडा नं. २ का अध्यक्ष गोपी सुर्खेती, वडा नं. ३ का सदस्य सीता सत्याल तथा वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद शाहीको उपस्थिति रहेको थियो । साथै नेपाल योङमुडो संघका अध्यक्ष मोहन कार्की तथा समाजसेवी देवकृष्ण महर्जन उपस्थित रहेको थियो ।
सेप्टेम्बर ११ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी तथा कोच आज ११ बजे सेर्बिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments Box