सन्तोष खड्का
कामदार दैनिक
नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौँ अधिबेशन सेप्टेम्बेर २० मा हुनेभएको छ। “प्रबासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्दता” भन्ने मूल भावनाबाट प्रेरित भइ गोरखा जिल्लाका स्थायी बसोबास भइ हाल दक्षिण कोरिया मा रोजगारी,शैक्षिक,ब्यबसायिक तथा अन्य तरिकाले बसोबास गरिरहनु भएका गोरखालीहरुको हक हित को लागि सन् २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौ अधिबेशन को तयारि सम्पन्न भएको छ। दशौ कार्यसमितिको कार्यावधि यहि सेप्टेम्बर ३० मा सकिदै गर्दा सेप्टेम्बेर २० तारिख का दिन एघारौ अधिबेसन हुन् गैरहेको छ । कोभिडको कारणले गर्दा अधिबेसन जुम भर्चुअल माध्यम बाट हुन गैरहेको छ।
संस्थाको अधिबेशन आर्थिक ,बार्षिक प्रतिबेदन प्रस्तुत गरिनुका साथै संस्थाले नया कार्यसमिति चयन का लागि संस्थाका पुर्ब अध्यक्ष यदु लामिछाने को संयोजकत्वमा निर्बाचन समिति बनाएर अधिबेसन को कार्य अगाडी बडी रहेको बिषय संस्थाका सचिब बुद्धि प्रसाद नेपाल ले जानकारी गराउनु भएको छ। कोरियामा रहेका गोर्खाली दाजुभाई तथा दिदि बहिनीहरुको हरेक आपतबीपत तथा सुख दुःखमा सहयात्रा गर्दै जिल्लामा समेत विभिन्न संघ संस्थाहरू संग सामाजिक कार्य तथा आपतकालीन अबस्थामा सहयोग गर्दै आइरहेको हाम्रो गौरबमय संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौ अधिबेशन मा संस्थाका सल्लाहाकार समिति,आजिबन सदस्य,सम्पूर्ण सदस्यहरु,बिभिन्न पेशा तथा ब्यबसाय गर्दै आउनुभएका ,अग्रज व्यक्तित्व,पत्रकार हरु एबम संस्थाका शुभचिन्तक हरुमा कार्यक्रम मा उपस्थित भइ कार्यक्रम लाइ भब्यरुपमा सफल बनाइदिनुहुन संस्थाका अध्यक्ष नबराज गुरुङ ले अनुरोध गर्नु भएको छ।
कामदार दैनिक परिवार गोरखा परिवार दक्षिण कोरियाको एघारौँ अधिबेशन सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछ।