राजु श्री
दक्षिण कोरिया ।
बिगत डेढ बर्ष देखि बुलिश ट्रेण्डमा रहेको नेपाली शेयर बजार पछिल्लो तीन हप्ता देखि दैनिक रुपमा डरलाग्दो गरि घटिरहेको छ । नेप्सेमा आएको यो भारि गिरावट सगै देश बिदेशमा रहेर लगानी गर्ने साना तथा मझौला लगानीकर्ता हरुले खर्बौ रुपैया गुमाइसकेका छन् भने समग्र बजारको पुजीकरण पनि अत्यन्तै संकुचित बनिसकेको छ ।
बिश्वको कुनै पनि देशको पुजी बजारलाइ उक्त देशको अर्थतन्त्र को मेरुदण्डको रुपमा हेर्ने गरिन्छ ।मुलुकको अर्थतन्त्रको बिकाश कुन गतिमा अघि बढेको छ भन्ने कुरा उक्त देशको शेयर बजारको सुचाङ्क ले जनाउने गर्दछ । बजारबाट पुजी परिचालन गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गरि आर्थिक पहुच लाई बलियो बनाउन सक्ने माध्यम भएकोले यसलाइ अर्थतन्त्रको मेरुदण्ड को रुपमा हेरिएको हो ।
झन्डै २७ बर्ष अगाडी बाट शुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामामै छ । पछिल्लो समयमा प्राबिधिक रुपमा केहि सहजता भए पनि बजारले आफ्नो गति र परिधीको आकार भने अझै लिन सकेको छैन । धितोपत्र बजार शुरु भएका समय देखि नै देखिएको राजनीतिक अस्थिरता र हरेक पटक विभिन्न शिर्षक बनाएर यस माथि हुने प्रहारले यसको भबिष्य नै अन्योलमा रहेको देखिन्छ । छिमेकि मुलुक भारतको नेशनल स्टक एक्सचेञ्ज नेपाल स्टक एक्सचेन्ज भन्दा झन्डै एक दशक कान्छो हुदा पनि धेरै ठूलो फड्को मारिसकेको छ ।
बजार किन यसरि घट्दै छ ?
नेप्से २०६८ साल असारमा सर्बाधिक न्यून बिन्दु २९२ पुगेको थियो भने २०७३ साल श्रावण १२ गते १८८१ बिन्दु चुमेर बियरिस ट्रेन्डमा फर्केको थियो । पछिल्लो समय कोरोना भाइरसको त्रास र लकडाउन सगसगै उकालो लाग्न थालेको नेप्से गत महिना मात्र ३२ सय भन्दा माथी पुगेर ‘अल टाइम हाइ’ कायम गरे पश्चात् अहिले निरन्तर ओरालो लागिरहेको छ ।
अर्थतन्त्रको सामान्य सिद्धान्त अनुसार कुनै पनि बस्तुको माग बढ्दा मूल्य बढ्छ र आपूर्ति बढ्दा बस्तुको मूल्य घट्छ भन्ने सिद्धान्त अनुसार नै बजार चल्ने गरेता पनि नेपाली मार्केट भने अलिक फरक किसिमको रहेको छ ।
सन्सार ले शेयर बजारलाई अत्यन्तै संबेदनसिल क्षेत्र मानेर यो क्षेत्रलाइ त्यति चलाउन चाहदैन तर नेपालमा भने सबैभन्दा बढी मार खाने क्षेत्र नै यहि रहेको छ । यसलाई जति धेरै गिजोल्न सक्यो त्यति नै माथिल्लो निकायलाइ फाइदा हुने हुनाले यसको टाउकोमा सधै प्रहार भैरहन्छ । यसलाइ स-साना सूक्ष्म बिषयहरुले पनि ठुला ठुला असर पार्ने भएकोले अन्य मुलुक हरुले त्यही अनुसारको आर्थिक रणनीति र नीति तथा कार्यक्रम तर्जुमा गर्ने गर्दछन ।तर नेपालमा भने धरासायी बनाउन नियामक निकाय हरुनै कम्मर कसेर लागि पर्ने गर्दछन् ।
पछिल्लो समय नियामक निकायका प्रतिनिधि ,संगठित ठुला लगानीकर्ता ,समाजिक सन्जालका फोरमहरु , स्वघोषित बजार बिष्लेषक ,पेड गरिएका अनलाइन पत्रीका जस्ता बिषयले बजार घटाउन ठूलो मद्दत पुर्याएको देखिन्छ । प्रत्यक्ष रुपमा यसको चपेटामा साना र नयाँ लगानीकर्ता परेको देखिएको छ ।
अब के हुन सक्छ ?
शेयर बजार अत्यन्तै जोखिम युक्त क्षेत्र हो । बिश्वको कुनै पनि बजार जोखिम मुक्त हुनै सक्दैन । अझ नेपाली शेयर बजार त झनै जोखिमयुक्त छ । यहाँ कहिले काहीँ हल्लाकै भरमा पनि बजार ले बुलिश र बियरिश ट्रेन्ड समातिरहेको हुन्छ । यस्तो अबस्थामा सचेत हुने भनेको आफू नै हो । तर लगानीकर्ता को पुजी लाई संरक्षण गर्ने जिम्मा राज्य को पनि हो ।
तर बिडम्बना राज्यलाइ खर्बौ कर तिरेर योगदान गर्ने यो क्षेत्र लाई उपहास गरिएको पाइन्छ । बजार सधै बढ्नै पर्छ भन्ने कहिल्यै हुदैन । प्राकृतिक रुपमा हुने घटबढ लाई बजारको सौन्दर्य को रूपमा हेरिने गरिन्छ ।
पछिल्लो समयमा नियोजित रुपमा घटाइएको बजारबाट गरिब जनताको खर्बौ रुपैया गुमिसक्दा पनि सम्बन्धित निकायले कुनै कदम चाल्न नसक्नु भनेको अत्यन्तै दुःखद पक्ष हो । मिलेमतो मा बजार क्र्यास बनाएर साना तथा मझौला लगानीकर्ता लाई सडकमा पुर्याउने योजना बन्दै गरेको भनेर अर्थमन्त्री प्रती आक्रोश पोखिने गरेको छ । अन्य समकक्षी नेताको तुलनामा केही आशा गरिएका अर्थमन्त्री चुप बस्नु भनेको ‘भाडमा जाओस् ‘ भने जस्तै हो ।
के भन्छन् कोरियाका लगानिकर्ता ?
आज मात्र यो पंक्तिकार सग एक जना लगानीकर्ता ले ५ बर्ष कोरियामा काम गरेर कमाएको सबै गुमेको गुनासो सुनाए । समाजिक सन्जाल का फोरम र ग्रुप हरुमा यस्ता गुनासा सुनि नसक्नु छ । कारोबार का निमित्त मध्यस्थ कर्ताको रुपमा रहने ब्रोकर हरुका अनुसार पछिल्लो समय मा जापान र कोरिया बाट अत्यधिक मात्रमा बजारमा लगानी भित्रिएको बताउछन् ।
यो पंक्तिकार ले केहि लगानीकर्ता साथिहरु सग सम्पर्क गर्दा कोरियाबाट मात्र अर्बौ गुमेको सहजै अनुमान लगाउन सकिन्छ । प्रबिधिले गराएको सहजता सगै कोरिया बाट दैनिक शेयर कारोबार गर्ने नेपाली हरुको संख्या ठूलो रहेको छ ।
कोरियाको राजधानी सौल बाट निकै टाढा रहेको एउटा च्याउ कम्पनीमा काम गर्ने सिन्धुपाल्चोक कि एक युवती पनि कोरियाको एक बर्षको कमाइ गुमेको भन्दै अत्यन्तै चिन्तित थिइन् । सम्पती गुमेको पीडा त छदै छ रेमिट्यान्स को कर र मार्केट को कर गरेर राज्यलाइ दोहोरो कर बुझाउदा समेत सम्बन्धित निकाय मौनता साधेर बस्न मिल्छ ? उनी आक्रोश पोख्छिन ।
अन्त्यमा, के सधै यस्तै हुन्छ ?
विश्व शेयर बजार को सुन्दर पक्ष भनेकै बजार घटेर एउटा बिन्दुमा पुगे पछि बढ्छ । बढेर एउटा बिन्दुमा पुगे पछि पुनः घट्छ । यो विश्व बजारको बिशेषता नै हो । अझ यसलाइ यसरी बुझौ, न्युटनको चाल सम्बन्धी तेश्रो सिद्धान्त अनुसार बल लाई जमिनमा जति पछार्यो त्यति नै माथी उफ्रिन्छ । बजार पनि जति घट्यो त्यति नै बढ्छ । घट्दो बजारमा आफू सँग भएका कित्ताहरु सुरक्षित राख्नु नै बुद्धिमानी हुनेछ ।
Facebook Comments Box