दक्षिण कोरिया तथा वल्र्ड मार्सल आर्ट्स मास्टरसीप कमिटिको संयुक्त आयोजना ” २०२१ वल्र्ड मार्सल आर्ट्स मास्टरसीप ” दक्षिण कोरियाको अन्लाईन स्टुडियो छुनचेओङ्बुक- दो प्रान्तमा हुनेभएको छ। जसमा तोङ्ग ईल मो डो संघ नेपालका ११ जना खेलाडी हरुले नेपालको प्रतिनिधित्व गर्दै पुरुष र महिला समूह गरेर ४ वटा विधामा सहभागिता जनाउँदैछन् । पुरुष तर्फ नम बिष्ट (कैलाली ), बिस्वजित गुरुङ (ईलाम ) , धिरज चौधरी (कैलाली ) ,तिर्थ चौधरी (कैलाली ) ,प्रसान्त चौधरी (कैलाली ) ,सुजन श्रेष्ठ (झापा ) र पर्वत तोलाङ्गी (झापा ) त्यस्तै महिला तर्फ मिना बस्नेत (कैलाली ) ,रेस्मा सिंह (कैलाली ), रितु चौधरी (कैलाली ) र करुना बिष्ट छन् । भने नेपालको तर्फबाट जर्ज मा दिपक बास्तोला, प्रकाश श्रेष्ठ र तेज बहादुर सिंहको सहभागीता रहने छ। कोरोनाको महामारीको कारणले सन्सार भरिनै भौतिकरूपमा खेलकुद गतिविधि न्यून भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ आसा ,उर्जा र उत्साह जगाउन साथै कोभिड सङ्ग जुध्न मानसिक र शारीरिकरूपमा चुस्त र स्वस्थ रहन प्रेरणा दिने उद्देश्यका साथ ” New challenge ,open world ” भन्ने स्लोगन सहित अनलाइन वोर्डकास्टिङ्ग ,अन्लाईन भिडियो दर्ता र अन्लाईन जर्जको माध्यम बाट प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता दुई चरणमा हुनेछ ,प्रारम्भिक र फाईनल चरण । फाईनल २०२१ अक्टोबर २९ देखि नोभेम्बर २ सम्म हुनेछ। १०० राष्ट्रहरुले सहभागी जनाउने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा बिश्व भरिबाट ३००० खेलाडी र ३०० जर्ज रेफ्रीको सहभागिता हुनेछ। मार्सल आर्ट्सको ओलम्पिकको रुपमा आयोजना भएको यश प्रतियोगितामा बिश्व भरी बाट १० वटा मार्सल आर्ट्स खेलहरुले सहभागिता जनाउने छ्न जस्मा तोङ्ग ईल मो डो, तेक्वान्दो ,जुडो ,कुराँश , मुईथाई,योङ्ग्मोदो,मार्सल आर्ट्स सो ,तेक्किओन ,कोरियन हापकिदो आदि रहेका छन।
तोङ्ग ईल मो डो संघ नेपालले यश अन्तर्राष्ट्रिय प्रतियोगितामा तयारीको लागि झापा र कैलाली गरि दुई स्थानमा २ हप्ताको क्लोज क्याम्प गराएको थियो । भने खेलाडी छनोट समितिमा संघका अध्यक्ष प्रकाश श्रेष्ठ , प्राबिधिक प्रमुख तथा उपाध्यक्ष तेज बहादुर सिंह , अन्तर्राष्ट्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य दिपक बास्तोला, सिनियर जर्ज सुरेश राना र सिनियर जर्ज लक्ष्मण थोकर रहनु भएको थियो।
Facebook Comments Box