राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखा परिवारले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखा परिवारले दशैं, तिहार तथा छठ पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम  आयोजना गर्ने भएको छ।

 

नेपाली लोक संस्कृति, कला,गीत एवं सङ्गीतको जगेर्ना एवं प्रवर्द्धनका लागि स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कोरिया शाखाको आयोजनामा यही अक्टुबर 10 तारिख आइतबारका दिन दिउँसो जुम भर्चुअल प्रविधिका माध्यमबाट लोक गीत संङ्गीतका क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा ” दशैं, तिहार तथा छठ पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम ” आयोजना  हुन लागेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष सुरज केसीले बताउनुभयो।

उक्त कार्यक्रममा सहभागी हुनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखा परिवारले दक्षिण कोरिया एंंब बिश्व भरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दै हार्दिक निमन्त्रणा समेेत गरेको छ।

कार्यक्रममा सहभागी हुनको लागी निम्न जुम आइडी र पासवोर्ड प्रयोग गर्न सकिनेछ।

जुम ID – 7234642360
Password – lokdohori
समय : दिउँसो 1:00 बजेबाट

Facebook Comments Box