काभ्रे । प्रदेशसभाको बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने काभ्रे क्षेत्र नं. १ का प्रदेश सभा सदस्य रत्न ढकालले काभ्रे पोष्टलाई बताउनुभएको छ । उनले काभ्रे पोष्ट साप्ताहिकलाई भने सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय हुन्छ । मङ्सिर २७ गतेदेखि पुस ७ गतेसम्म यसको छिनोफानो हुन सक्छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मकवानपुरको हेटौँडासहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवनलाई विकल्पका रुपमा छनोट गरिसकेको छ । प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् । काभ्रे राजधानी हुने सम्भावना पनि बलियो छ ।
Facebook Comments Box