कामदार दैनिक
सौल, दक्षिण कोरिया।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया केन्द्रिय समितिले अक्टोबर १४ तारिक विहिबार बिजया दशमी, दिपावली ,नेपाल सम्वत र छठ पर्व २०७८ को अवसरमा संगठनका सभापति आस्था विन्दु मल्ल ज्युको सभापतित्वमा शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल माध्यमबाट भब्यताका साथ सु- सप्पन्न गरेकोछ।
भुगोलको कुनै पनि स्थानमा रहे पनि नेपाली चाड- पर्व हामी नेपालीका अमुल्य निधि हुन जसले नेपाल र नेपाली को पहिचान र सद्भाव कायम राख्ने सभ्य संस्कारको विकास गर्दछ भन्ने हेतुले सामाजिक संस्कार र पर्व विशेषमा ने. ज. स. दक्षिण कोरियाले लामो समय देखि नै एक- आपसमा शुभकामना साटासाट गर्ने ,बन्धुत्व र भाइचारा को सम्वन्धलाइ थप प्रगाढ बनाउने उद्देश्यले मनाउने क्रममा यसपटक पनि भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।
ने.ज. स. दक्षिण कोरियाका उप-सभापति तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जितेन्द्र महता ज्युको स्वागत तथा शुभकामना मन्तव्य संगै शुरु भएको उक्त कार्यक्रममा अग्रज, बौद्धिक तथा दिग्गज ब्याक्तित्व, सल्लाहकार ज्यु हरु, कार्यसमिति , क्षेत्रीय समिति , ने. वि.संघ, कृयाशिल सदस्य, साधारण सदस्य, त्यस्तै कांग्रेस प्रती आस्थावान सवैको बाक्लो उपस्थिति रहेको थियो।
ने. का. समन्वय विभाग केन्द्रिय सदस्य समेत रहनुभएका निवर्तमान सभापति तथा महासमिति सदस्य गिरिराज कुँवर ,एन. आर . एन. आइ सि सि प्रतिनिधि तथा सल्लाहकार लक्ष्मी लामा गुरुङ , कुमारचन्द्र राई ,डा. रोशन शर्मा पौडेल , डा. ज्ञानराज कोइराला , डा. केशव थापा लगायतका बौद्धिक / प्राज्ञिक/ सामाजिक ब्याक्तित्व हरुको समेत उपस्तिथि रहेको कार्यक्रममा डा.किशोर कोइराला , डा. टिकाराम अर्याल , नेविसंघ अध्यक्ष सन्तोष लामिछाने त्यस्तै प्रकाश देवकोटा , पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जराज कुँवर, नेपाल पत्रकार मञ्चका अध्यक्ष सन्तोष खड्का, प्रवक्ता सिताराम तिमिल्सिना लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो।
शुभकामना मन्तव्य राख्ने क्रममा निवर्तमान सभापति तथा महासमिति गिरिराज कुवरले वर्तमान पेन्डामिक अप्ठ्यारो होस या जुन सुकै समस्या रहेता पनि छिचोलेर संगठन चलायमान राख्न अधिबेशन गर्नुपर्ने तर्क राख्दै सौहार्दपुर्ण वातावरणमा अधिबेशन सम्पन्न गर्नुपर्ने तर्क गर्नुभएको थियो। संगठनमा कसैको हार- जित भन्दा पनि सवैले जितेको महसुस हुने गरि एक- आपसमा मिलेर एकताका साथ सवै सवैले अपनत्वको अनुभुति गर्न सक्ने गरि संगठनको गरिमाका लागि सोंच्नुपर्ने बेला र आ आफ्नो कर्तव्य पूरा गर्नुपर्ने तर्फ सवैको ध्यान जानुपर्ने उल्लेख गर्दै संस्था, पार्टी र सामाजिक समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यस्तै अधिकांश वक्ताले एक- आपसमा सद्भाव र हातेमालो गर्दै मिलेर थप कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमको उत्तरार्धमा सभापति आस्था विन्दु मल्लले कोभिड- १९ ले दक्षिण कोरियाको नेपाली समुदायमा पनि निकै प्रभाव पारेको प्रती चिन्ता ब्यक्त गर्दै सवैले कोभिड बाट जोगिने सवै खालको उपाय अवलम्बन गर्नुहुन समेत अनुरोध गर्नुभएको थियो। साथै आँफु जनसम्पर्क समितिको अधिबेशनको पक्षमा गम्भीर रहेको र विविध अप्ठ्यारालाई चिर्दै आपसी सद्भाव र एकताका साथ अधिबेशन जति सकिन्छ छिटो सप्पन्न गर्ने योजनामा रहेकाले संगठन र पार्टी प्रती प्रतिबद्ध साथिहरुलाइ ढुक्क रहन अनुरोध समेत गरि कार्यक्रम सफल बनाउन सहभागीता जनाउनुभएको प्रती धन्यवाद ब्यक्त गर्दै सम्पूर्ण नेपालीको महान चाड बडा दशै , दिपावली , नेपाल सम्वत र छठ पर्वको एकैसाथ शुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यसमिति , अग्रज तथा सामाजिक / प्राज्ञिक दिग्गज ब्यक्तित्व, सल्लाहकार , क्षेत्रीय, कांग्रेस र संगठन प्रती प्रतिबद्ध महानुभावहरुद्वारा शुभकामना , अभिव्यक्ति नै संस्थाको लागि महत्वपूर्ण विचारोक्ती भएको भन्दै शुभकामना आदानप्रदान कार्यक्रम महामन्त्री कुमार थापाले सन्चाल्न गर्नुभएको थियो।