प्रथम लिखु खुल्ला दौड प्रतियोगिता सम्पन्न

खेलकुद समाचार

नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाउपालिकामा पहिलो पटक प्रथम लिखु खुल्ला १० कि मि दौड प्रतियोगिता सम्पन्न भएको छ । महिला र पुरुष दुवै इभेन्टमा गरिएको प्रतियोगितामा पुरुष तर्फ कालिकोटका सन्तोष नाथ योगि प्रथम भएका छन् । यस्तै गोरखाका निरोज भट्ट छेत्री दोस्रो, नुवाकाटका दिनेश राई तेस्रो तथा लिखु नुवाकोटका धर्म महाजनले सान्तोना पुरस्कार प्राप्त गर्न सफल भए । यसैगरी महिला तर्फ सोलुखुम्बुका शिजना कुलुङ राई प्रहिलो, सरिता रम्तेल दोस्रो तथा सोनु घतानी तेस्रो भए । उनीहरु दुबैजना स्वयम्भू एथलेटिक्स टेनिङ सेन्टर क्लबका खेलाडि हुन् । यस्तै लिखुकै ललिता कुमारी सान्त्वना पुरस्कार प्राप्त गरिन् । उत्कृष्ट खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.भिमलाल तामाङ र विशेष अतिथिहरु केन्द्रिय सदस्य अमृत पुरी, पार्टीका जिल्ला अध्यक्ष ईश्वर कुमार राउत, किर्तिमानी म्याराथुन धावक बैकुण्ठ मानन्धर लगायतले नगदसहित सहित मेडल प्रमाणपत्र ट्रफि प्रदान गरि सम्मान गर्नु भएको थियो । कार्यक्रम को सभापतित्व कार्यक्रमका संयोजक सबिर कुमार श्रेष्ठले गर्नु भएको थियोे । प्रतियोगिता छहरे बजारबाट शुरु भई चौघडा छेत्रपाल क्याम्पसमा पुगि समापन भएको थियो । दौड उद्घाटन नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, लिखु गाउँपालिकाका अध्यक्ष धुब श्रेष्ठ किर्तिमानी धावक बैकुण्ठ मानन्धरले संयुक्त रुपमा रिवन काटेर उदघाटन गर्नुभएको थियो । प्रतियोगिता जनता जनता समाजवादी पार्टी लिखु गाउँ कमिटी र राष्ट्रिय समाजवादी खेलकुद महासघ नुवाकोटको सयुक्तरुपमा आयोजना गरेको हो ।

Facebook Comments Box