-कमलेश घरडी
जुम्लाको ज्वरो
राजधानीले थाहा पाएन, पाउदैन
गर्न सकिने बिस्मात मात्रै हो
अनुभव गर्न सकिदैन
म म भित्र हजारौं देख्छु
तर देख्नेले म मात्र देख्छन्
तिनीहरुले त्यतिको देखे, पर्खे
जति मैले तिनीहरुलाई मेरो बारेमा भनेको छु
मैले भनेको कुराबाट
मैले गरेको कार्यबाट जज गरिसके
आफ्नो नजिरको अदालतबाट फैसला गरिसके
अनि मैले लुकाएको
मेरो जिन्दगीको पाटो
न तिनीहरुले जान्ने कोसिस गरे
न मैले भन्ने चेष्टा गरे
थेरभोत उथलपुथलको पुलिंदा
दिनहुुँ आखै अगाडीको हुरिमा भुट्टिन्छन
कति कुरा मानसपटलमा कैद हुन्छन्
कति नजरअन्दाज गरिन्छन
कैद गरिएका अनुभव साट्न
नजरअन्दाज गरिएका स्मृति सम्झिन
बहावको समुन्द्रमा पौडिन
सम्मताको शितहरिमा रुमल्लिन
कति आफ्नै मनले मानेन
कति अरुको कुदृष्टिको भावबाट बच्न
बस् मनको इतिहासको चिहानमा
बिना अभिलेख जलाइए
दिनमा बेमतलब बहुरिएको मन
मध्यराती मधुरो प्रकाशमा
ऎना अगाडी प्रश्नचिह्न खडा गर्छ
आखामा परेका काला डामको बारेमा
खोइटिएर मुजा परेको अनुहारको बारेमा
बेतुक बितेका दिनचर्याका बरेमा
भोगिरहेको वस्तुस्थितिको बारेमा
भविष्यको लागि साचेका सपनाका बारेमा
तर उत्तर पाए पो
निरुत्तरित अनि निरुत्साहित भएर
परेला खप्ट्याउनुको विकल्प छैन
परिवर्तनशिल संसारमा
नबद्लेको मेरो मन र भाग्य मात्रै हो
आवरणको पातलो झिल्ली बत्लाएर
पर्दा भित्रको राज खोलिदिन बेर छैन
लुकाएर राखेका रहस्य
बिना सुरक्षा कवचका सपना
अनि सकिनसकी रंगिन देखाएको मेरो संसार
कतिबेला
ब्ल्याक एन् ह्वाइटमा परिवर्तन गरिदिने हो
थाहा छैन र पो भर छैन
तर आफु भित्रै हराउनुको मज्जा नै बेग्लै छ।