अध्यात्म मन्थन

समाचार साहित्य

-कमलेश घरडी

 

सानोमा किताब पढ्न अल्छी लागेको बेला मैले सधैं बाबाले अलमारिमा लस्करै राखेका धार्मिक र अध्यात्मिक पुस्तकहरु पल्टाउथे। यसबाट मलाई दुइटा फाइदा हुन्थ्यो, एक यी किताब पढिरहेको बेला बाबाले किताब पढिनस् भनेर गाली गर्नुहुन्न थियो अर्को सधैं मनमा लागिरहेको कौतुहलता मेटिन्थ्यो। बेसि ध्यान रामायण र महाभारत तिर गएर होला लगभग सबै कण्ठ थियो र कतिपय अझै कण्ठै छ। मैले कहिल्यै यी दुईको सिरियल हेर्नू परेन, यस्मा घटेका सबै घटना मेरो मानसपटलमा दृश्यान्त कैद छन्।

 

 

 

साच्चै, भाइले भाइ हराउदा आफन्त र भगवान मुखदर्शक बनेको त्यही महाभारतमा छ। आफ्नो एक रानी खुसी बनाउन छोरालाई बनबास पठाइएको त्यही रामायणले भन्छ। थाहा छैन त्यो सत्य हो कि होइन तर म आशाबादी भएर हो वा भगवान पर्ती लगाव वा मरेपछि स्वर्ग जाने उत्कन्ठा जागेर हो मैले बिश्वास गर्छु। ढुङ्गामा भगवान छन मैले नि मान्छु तर त्यो ढुङ्गालाई बोका चढाएको मन पर्दैन। मन पबित्र हुनुपर्छ मैले नि मान्छु तर सेकेन्डभरमा हजारौं कुरा खेलिरहने मन लाई सधैं पबित्र कसरी मानु, यत्ति लामो जिवनभरी कसरी सधैं सकारात्मक मात्रै सोच्न सकु। देह अमर हैन आत्मा अमर हो थाहा छ तर आफन्तको देह समीपमा हुदाहुदै आत्माको लागि रुने म कसरी सम्हालिउ। भगवान रामले बिभिषणलाई सम्झाउदा भनेको कुरा ‘यो भन्दा पहिलो जन्ममा रावण तिम्रो के थियो? यो जन्ममा दाजु भयो अब फेरि के चोला लिनलाई रावण मर्यो’ भनेर सम्झौदा जब रणभुमीमा लक्ष्मण मुर्छित हुदा रोएको कुरा कसरी बिर्सु। तारालाई पतिशोक पारेर आफू सिताको खोजिमा गएको कसरी नजरअन्दाज गरु। राधासङ्ग बाल्यकालमा पिरती गाँसेका भगवान कृष्णले उन्लाई घर न घाटको बनाएर सोह्र हजार आठ जनासङ्ग बिबाह गरेको, रणभुमिमा पुरै जिवन आफ्ना राजाको लागि समर्पण गरेका यगुगण सैनिकहरुले जिवनको अन्तिम सत्री लडाइँ लड्दा आफ्नै राजा विपक्षीको सारथि भएर आफुमाथी बाण बर्षाउन लगाएको मन बाट कसरी निकालु?

 

 

 

तर पनि भगवानपर्ती पुर्ण आस्था छ।भुत ,बर्तमान र भवितव्यताको सम्बन्ध जन्मजन्मान्तरको छ भन्ने बुझे। पारस्परिक सम्मोहनता र चारीत्रिक माधुर्यता तथा समयानुकूल सचेतता देखाउने सिमा हरप्रहर हुन्न र आउदैन भन्ने बुझे। मुखारबिन्दुमा लङ्का, बाहुमा पृथ्वी, पैतालामा पताल र मस्तिष्कमा ब्रह्माण्ड लुकेको बुझे। स्पर्शको संबेदना, मनको भावुकता, जिब्रोको बैराग्यता र मस्तिष्कको चलखेलको नमुना हेरे। जिवितको वैमनस्यता र निर्जीवको सहानुभूति भोगे। समारिक मानचित्रमा किरा फट्याङ्ग्राको महत्व र मानवको असली रुप देखे।

 

सम्पन्नताको साखले बिपत्तिमा टाउको ठोकेको देखे। जीउँदाहरुको सासले मरेकाको अन्तिम संस्कार रोकेको देखे। अरुमा पर्दा सम्झाउने मान्छे आफुमा पर्दा पुर्पुरो समातेको देखे। आडम्बरी मनले समवेदना र दयालाई कुल्चेको देखे। मन्दिरभित्र भाकल माग्ने मान्छे बाहिर बसेको भिखारीलाई थुकेको देखे। समाजमा महिला अधिकारको वकालत गर्ने मान्छेले घरमा बुढी कुटेको देखे। छोरालाई भबिस्यमा बा’लाई पाल्नु पर्छ भन्नेले नै आफ्नै बालाई हेपेको देखे।

 

 

 

मैले पढेको र सुनेको धार्मिक ग्रन्थले छुवाछूत गर्नुपर्छ भन्ने सिकाएको छैन। मासिक धर्मका महिलालाई एक गोठ बनाएर छुट्टै राख्नुपर्छ भन्ने मान्यता राख्दैन। धनी गरिब बिच खाडल हुनुपर्छ भन्दैन। अरुलाई दुख दिएर वा झुक्याएर आफ्नो पेट भर्न सिकाउदैन। आत्मालाई अमर मान्छ, सुकिलो मुकिलो अनुहारलाई महत्व दिदैन। सुख र दुःखबिच पनि एक तुइन छ तर धर्म र पाप बिच छैन भन्ने सिकाउछ। भुतकालमा के गर्यौ त्यो बर्तमानमा भोगिरहेका छौ र यदि भबिष्य राम्रो चाहे सत्कर्म अङ्गालौ भन्ने सिकाउछ।

Facebook Comments Box