२०८३ कात्तिक १७, मंगलबार पूर्वाह्न ०८:२१:१४

Lastest News of Nepal

नेपाली काँग्रेस १४ औं महाधिवेशनःक्षेत्रीय अधिवेशनबाट पदाधिकारी निर्वाचित

नेपाली काँग्रेस १४ औं महाधिवेशनःक्षेत्रीय अधिवेशनबाट पदाधिकारी निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खोटाङका प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् ।

हलेसीमा शनिबार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार निर्वाचन क्षेत्र नं १ (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित हुनुभएको छ । त्यस्तै उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई तथा सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ को (ख) को सभापतिमा दिनेशकुमार घिमिरे, उपसभापतिमा महेन्द्र राई र रामचन्द्र केसी, सचिवमा प्रविण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित हुनुभएको छ ।

काँग्रेस खोटाङमा दुवै क्षेत्रको अधिवेशन सकिएसँगै नेताहरु सातौँ जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् । जिल्ला सभापतिमा चारजना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वराज्यमन्त्री सर्वद्धन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *