रुपन्देही क्षेत्र नं २ को सभापतिमा लम्साल

राजनीति समाचार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी हुनुभएको हो । दोस्रो कार्यकाल पुनः सभापति बन्नुभएका लम्सालले ४०२ मत प्राप्त गर्नुभएको थियो भने श्रेष्ठले २४२ मत प्राप्त गर्नुभएको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केही बेर मतगणना रोकिएको थियो ।

Facebook Comments Box