अशोक खड्का
कामदार दैनिक
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौं केन्द्रिय महाधिवेशन सहमति – सहकार्य र पुर्ण सद्भावका साथ यहि २७ नोभेम्बर २०२१ मा जुम भर्चुअल माध्यमबाट नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बिदेश स्थित जनसम्पर्क समन्वय विभाग प्रमुख श्री गोबिन्द भट्टराई ज्यू को प्रमुख आतिथ्यता र संबिधान सभा सदस्य एवम् नेेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको बिशेष आतिथ्यतामा उद्घाटन हुन गइरहेको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री कुमार थापा ले बताएका छन् । साथै महामन्त्री थापाले नेपाली कांग्रेस र जनसम्पर्क समिति संग सम्बद्घ अग्रज, क्षेत्रीय – केन्द्रिय समिति, क्षेत्रीय प्रतिनिधि सम्पूर्ण महानुभाव, विभिन्न संघ- संस्था, पेशा, व्यवसाय, रोजगारी लगायत विभिन्न क्षेत्र, तह र तप्कामा रहेेका सम्पुर्णलाई निमन्त्रणा समेेेत गरेका छन्।
नेपाली कांग्रेसको एउटा अभिन्न अंगको रुपमा रहेको बिदेश स्थित भातृ संस्था अन्तरगत जनसम्पर्क समिति दक्षिण कोरिया एउटा स्थापित संस्थाको रुपमा रहेको छ। सन् २००६ देखि निरन्तर सामाजिक, आर्थिक , राजनीतिक र संगठनात्मक श्रीवृद्धि मा अविचलित रुपमा पार्टी र संगठन प्रती प्रतिबद्ध रहेको जनाइएकोछ।
छैटौं केन्द्रिय महाधिवेशनमा उद्घाटन नोभेम्बर २७ तारिख शनिबार का दिन हुनेछ भने नेतृत्व चयन २८ तारिक आइतबारका दिन हुने तालिका रहेको समेत वताइएकोछ। नेपाली कांग्रेस र संगठनको सर्वोपरि लाई ध्यानमा राख्दै संगठन रहे सवै रहन्छौँ भन्ने भावना का साथ यश पटकको अधिबेशन सहमति र सहकार्यमा सद्भावपुर्ण ढङ्गले सम्पन्न हुनेमा विश्वस्त रहेको वताइएको छ।
केन्द्रिय समितिको तालिका अनुरुप नै २१ नोभेम्बर मा सप्पन्न क्षेत्रीय अधिबेशनले सम्पुर्ण क्षेत्रीय समिती प्रतिनिधि लगायत पार्टी संघ- संस्था , राजनीतिक , सामाजिक सवै क्षेत्रका ब्यक्तित्व सबैलाइ यो ऐतिहासिक केन्द्रिय अधिबेशन सफल पार्न आ- आफ्नो स्थान बाट सहकार्य र सहयोगको अपेक्षा गर्दै हार्दिक निमन्त्रणा गरिएको छ।