काठमाडौं । लिखु गाउँपालिकामा पहिलो पटक प्रथम लिखु खुल्ला १० कि.मि. महिला/पुरुष दौड प्रतियोगिता सञ्चालन गरी सफलता साथ सम्पन्न भयो । देशको विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको थियो । पुरुषतर्फ पहिलो सन्तोषनाथ योगी कालिकोट, दोस्रो निरोज भट्ट क्षत्री गोरखा, तेस्रोत दिनेश राई लिखु नुवाकोट र सान्त्वा धम महाज हुन सफल थिएका थिए ।
त्यसैगरी महिलातर्फ सिर्जना कुलुङ राई सोलुखुम्बु पहिलो, दोस्रो सरिता रम्तेल, तेस्रो सानु घतानी हुन सफल भएका थिए । दुवैजना स्वयम्भु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लवको हुन् । सान्त्वा पुरस्कार ललितता कुमारी लिखु नुवाकोटकै भएकी थिइन । उनीहरुलाई प्रमुख अतिथि केन्द्रीय सदस्य डा. भिमलाल तामाङ र विशेष अतिथिहरु जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य अमृत पुरी, पार्टी जिल्ला अध्यक्ष ईश्वर कुमर राउत, कीर्तिमानी म्याराथुन धावक आदरणीय गुरु बैठकुण्ठ मानन्धर हुनुहुन्थ्यो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले विजयी खेलाडीहरुलाई नगद क्रमशः रु. ५०००, रु.३००० हजार, रु.२००० हजार र रु. ५०० नगदसहित मेडल तथा प्रमाणपत्र, ट्रफी प्रदान गरी सम्मान गरेका थिए । उक्त कार्यक्रमको सभापति संयोजक सबिर कुमार श्रेष्ठले गर्नु भएको थियो । दौड प्रतियोगिता छहरे बजारबाट शुरु भई चौघडा क्षेत्रपाल क्याम्पसमा पुगी समापन भएको थियो ।
दौड प्रतियोगितको उद्धघाटन नुवाकोटका सिडिओ जीवनप्रसाद दुलाल, लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले रिवन काटेर सिटी फुकेर संयुक्त रुपमा उद्घाटन गरी शुरु गर्नुभएको थियो । उक्त दौड प्रतियोगिता जनता समाजवादी पार्टी लिखु गाउँ कमिटी र राष्ट्रिय समाजवादी खेलकुद महासंघ नुवाकोटको संयुक्त आयाजनामा भएको थियो ।