इटहरी, २९ मङ्सीर । भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ प्रदेश नं १ को विशेष भेला आज सुनसरी इटहरीस्थित तरहरामा सम्पन्न भएको छ ।
नेपाल तथा भारत र अन्य देशमा समेत कार्यरत सेना तथा प्रहरीले प्राप्त गर्ने सेवा सुविधा तथा समान अवसरका विषयमा घनीभूत रुपमा छलफल गरी ठोस निचोड सहितको एकिकृत योजना तयार गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको थियो ।
महासङ्घ, प्रदेश नं १ का अध्यक्ष किशोरकुमार राईको अध्यक्षतामा भएको उक्त भेलामा भीमबहादुर तामाङ, अमीरप्रसाद भट्टराई, तीर्थबहादुर राई, रत्नबहादुर भण्डारी र गोपाल श्रेष्ठ लगायतले भूतपूर्व सैनिक तथा कर्मचारीले भोग्नुपरेका समस्या र सुधारका पक्षमा गरिनुपर्ने भावी कार्यका विषयमा आआफ्नो धारणा राख्नुभयो ।
Facebook Comments Box