जनसम्पर्क समिति कोरियाको अधिबेसन सम्पन्न, सभापतिमा भजिन्द्र क्षेत्री निर्विरोध निर्वाचित

समाचार

 सन्तोष खड्का

सौल, दक्षिण कोरिया

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ महाधिवेशन नोभेम्बर २८ तारिख आईतबारका दिन दक्षिण कोरियाको राजधानी सौलमा  सर्वसम्मत रूपमा २५ सदस्यीय कार्यसमिति सर्बसहमतिमा चयन  भएको छ। उक्त अधिबेसनबाट सभापतिमा भजिन्द्र क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

 

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ महाधिवेशनलाई बिश्ववकै नमुना अधिबेसनको रूपमा लिएको छ। निवर्तमान सभापति आस्था बिन्दु मल्लले  भजिन्द्र क्षेत्रीलाई  समर्थन गरेपछि जनसम्पर्क समिति दक्षिण कोरियाको अधिबेसन सौहार्दपुर्ण वातावरणमा सर्बसहमतिले सम्पन्न भएको हो।

 

 

लामो समय देखि दक्षिण कोरिया लाई कर्मथलो बनाउदै आएका भजिन्द्र क्षेत्री कोरियामा विभिन्न समाजिक क्षेत्रमा क्रियाशील नेत्रृत्वमा रहनुका साथै नेपाली काँग्रेसको राजनीतिमा पनि अति सक्रिय उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन। उनलाई   कुशल नेतृत्व दिन सक्ने नेताको रूपमा हेरिएको छ।

 

 

 

निर्वाचित  सभापति भजिन्द्र क्षेत्री लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीलाई कामदार दैनिक परिवार  हार्दिक बधाई एंब सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ।

 

 

Facebook Comments Box