अशोक खड्का
काठमाडौँ।
मंसिर १३ गते सोमबार लालबन्दी १ नवलपुर मा एक कार्यक्रममा बिच लुनिस इन्टरनेसनल स्कुलको प्राङ्गणमा एक कार्यक्रमकाबीच बोधिसत्व बिहार बुढानिलकण्ठको सु जी फाउण्डेसनको सहयोगमा र नेपाल परिवार दलका केन्द्रीय सदस्य पुरुषोतम कार्कीको विशेष पहलमा covid-19 लाइ मध्यनजर गरी कोभिड रिलिफ फन्ड बितरण गरिएको छ।
कोभिड रिलिफ फन्ड अन्र्तगत सर्लाहीका ७५ घर परिवारलाई चामल जीरा मसिनो २५ केजी, पिठो 10 केजी, दाल 1 केजी, चना १ के. जी. नुन १ के.जी तेल १ ली. सावुन ४ थान निम्न आयस्तर र बेरोजगार व्यक्तिहरुलाई वितरण गरिएको परिवार दलका केन्द्रीय सदस्य पुरुषोतम कार्कीले जानकारी गराउनुभयो।
उक्त कोभिड रिलिफ फन्ड लालबन्दी नगरसमितीसदस्य गंगामाया खड्काको उपस्थितीमा वितरण गरिएको हो।
Facebook Comments Box