बनेपा । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले आप्mनो आधिकारिक सर्भिस नेटवर्क भक्तपुरको जगाति तथा बनेपामा विस्तार गरेको छ । विकाश मोटरसाईकल वर्कसप, भक्तपुर, मो नं . ९८४३५७५३४९ र वल्र्ड भिजन अटो वर्क, मो. नं. ९८४११०२७८७ वनेपामा स्थापना गरिएको उक्त सर्भिस सेन्टर द्धारा भक्तपुर तथा वनेपा आसपासका सम्पूर्ण ग्राहकले सरल तथा सर्व सुलव सुविधा लिन सक्ने छन् । साथै सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ ।
कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ । नयाँ आधिकारिक टु एस् नेटवर्कको स्थापनासँग चाहिएको वेला सर्वसुलभ तरिकाबाट सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको छ । साथै, सर्भिस सेन्टरको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
Facebook Comments Box