आध्यात्म किन आवश्यक छ?

राजनीति

घरडी कमलेश

हामी सबैलाई थाहा छ कि हामीलाई विशेष गरि दुई प्रारुपमा बाडेका छ। आध्यात्मिक जसको प्रतिनिधित्व आत्मा गर्छ अनि भौतिक स्वरुप जसको प्रतिनिधित्व शरीरले गर्ने गर्छ। जब आत्मा र देहको मिलन हुन्छ तब मात्रै प्राणी जिवित रहन्छ। सम्बन्ध पारस्परिक छ। एकको अभावमा अर्काको अस्तित्व छैन।

अनेक समस्यासङ्ग पैठाजोरी गरिरहेको मनुष्य जब आध्यात्मिकता आफ्नो मनपर्ने गुरुसङ्ग परामर्श वा सिक्न सुरु गर्छ तब सबै समस्याको समाधान स्वविवेक प्रयोग गरेर जिवनलाई प्रफुल्लित बनाउन सक्छ। अब प्रश्न यो उठ्न सक्छ कि मानिस आफ्नो बौद्धिकताले सबै समस्या हल गर्न सक्छ भने आध्यात्मिकता नै किन चाहियो? यो प्रश्नको उत्तर खोज्नु पहिले हामीले ओ बुझ्न जरुरी छ कि हामी को हौं? हामी भित्र कुनकुन शक्ति अनवरत कार्यरत छन् जुन हाम्रो बौद्धिकता र भौतिकबादी बैज्ञानिक सिद्धान्तले थेग्न र विश्लेषण गर्न सक्दैनन्।

आज आध्यात्मवादको चर्चा धेरै हुने गरेको छ तर वास्तविक आध्यात्म लोप हुँदै गइरहेको छ। एक कुरा के स्विकार्न सक्नुपर्छ भने हाम्रो व्यक्तिगत र सार्वजनिक कल्याण र रितिथिती आध्यात्मवादमा नै निर्भर रहेको छ। त्यहि भएर हामीले वास्तविक आध्यात्मवादको खोज गरेर उस्को अपनाउन सक्नुपर्छ।

आध्यात्मिक शब्द मानिसहरूको मनमा जिज्ञासा र रहस्य भएर किञ्चित भइरहेको छ किनकि आध्यात्मिकताको कुनै एकल वा परिस्कृत रूपमा स्वीकृत परिभाषा उजागर छैन। सरल भाषामा परिभाषित गर्दा आध्यात्मिकता भनेको आत्मा र परआत्मा को सम्बन्ध स्थापित गर्नु हो ताकि शरीरमा सकारात्मक शक्ति र गुणको विकास हुन सकोस्।

अब यो परिभाषाले मनमा यस्तो प्रश्न उठ्न सक्छ कि! प्रेम, शांति, आनंद आदि मान्छेहरु बाट पनि त मिल्न सक्छ किन यस्को लागि परआत्मा आवश्यकता छ? यसमा कतै संदेह(शंका) छैन कि मानिस प्रेम, स्नेह दिनमा समर्थ छ तर यस्तो खालको आनंद र सुख अल्पकालीन हुन्छ, दीर्घकालीन हुँदैन। किनकी कोहि पनि मानव पूर्ण सुखी, पूर्ण आनन्दीत र गुण स्वरूप हुँदैन। सबैमा कुनै न कुनै खोट अवश्य हुन्छ। जब स्वयं उ आफैं पूर्ण छैन भने अरुलाई कसरी ती कुराहरू प्रदान गर्न सक्छ। जस्तै कुनै खहरे खोलाबाट हामीले कुनै नहरलाई जोड्यै भने केही महिनाको लागि अवश्य पनि त्यो नहरमा पानी बग्ने छ तर बाकी महिनाको के? त्यो खहरे खोलाको आफ्नै भविष्य छैन त्यहीँसंग हामीले आफ्नो नहरको भविष्य जोड्दा केहि महिनाको खुसी अवश्य मिल्नेछ तर जब हामिले त्यहीँ नहरको सम्बन्ध सागर संग जोड्न सक्यौं भने प्राथमिक आवश्यकताको खडेरी कहिल्यै पर्ने छैन। यस्मा खहरे खोलालाई मानव जाती, नहरलाई आफ्नो आत्मा र सागरलाई परआत्मासंग जोड्न खोजिएको हो। ठिक यस्तै तरिकाले यदि आत्मालाई सही रूपमा परिचालित गर्नको र सकारात्मक गुणहरुको विकासको परआत्मासङ्ग जोड्न जरुरी छ। अनि जब आफुमा पूर्ण रुपले आध्यात्मिकता भर्न सकियो र शरीरलाई एक साधन मानेर चल्न सकियो भने जीवनले जिउनुको सार्थकता पाउने छ।

मनन गर्नुपर्ने कुरा के हो भने, आध्यात्मिकताको अभावमा प्रेम, सुख, शांति, आनंद भएर पनि जीवन सारहीन हुन्छ। पूर्ण सारको जिवनको लागी आध्यात्मिकता तिर झुकाव हुन अत्यन्त आवश्यक छ। धेरैजसो मान्छेहरूको सोच्छन कि घर-बार छोडेर मात्रै आत्मज्ञान प्राप्त हुन्छ तर आध्यात्मिक तत्वज्ञानको अनुसार अनुसार मनको शांति या आत्मबोधको प्राप्तिको लागि घर-बार छोडेर तपस्या गर्न जंगलमा वा एकान्तवासमा जानू आवस्यक छैन। आफ्नै घर या संसारमा रमाएर पनि आफ्ना सबै मानसिक कमजोरीको त्याग गरेर स्वयंको अन्तरमनलाई स्थिर गरि अन्तरमनबाट जुन आदेश मिन्छ त्यस्को पालना गर्दै आफ्नो आत्माको पराआत्मा सङ्ग जोड्न सक्छन्।