प्रिय प्रकृति(कविता)

साहित्य

-प्रकृति कँडेल

प्रकृति फूल झै फूल्छु, जुन झै मुस्कुराउछु
दुबै आँखाहरू बिच तिमीलाई अटाउछु।
प्रकृति कुल्कुली बग्छु छातीभित्र निरन्तर
प्रकृति प्रेमका धारा बगाउनु अविरल । ।

प्रकृति प्रेमकि खानी तिमी प्रेम भरीरहू
म टिप्छु प्रेमका पुष्प तिमी प्रेम छरिरहू ।
म मेरी प्रकृतिलाई मुटुभित्र सजाउछु
प्रकृतिका नयाँ रङ्ग चुमेर धित मार्दछु । ।

प्रकृति हिउँमा न्यानो प्रेम-फूल फुलाउछु
प्रकृति घाममा मिठो शीत वर्षा गराउछु
प्रकृति ओठमा हाँसो भरेर मग्न हुन्छु म
हेरेर प्रकृतिलाई सदैव दङ्ग हुन्छु म ।।

म खेल्छु काखमा उन्कै छातीमा म निदाउछु
म मेरो प्रकृतिलाई बिश्वसामु चिनाउछु ।
म गर्छु प्रकृतिलाई माया-प्रेम सधैंभरि
सदैव तिमीले माया गर्नु प्रेम उसैगरि ।।

🖊️ प्रकृति कँडेल
रामेछाप(हाल काठमाडौ)

Facebook Comments Box