सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’
‘मलाई विश्वास गरेर कहिल्यै तिर्न नसक्ने एउटा गुन लगाउनु भएको छ’
नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन् । शो नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको प्रतियोगितामा देश विदेशका ३० हजार भन्दा वढी डिजिटल र फिजिकल अडिसनमा प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५, १५ र उत्कृष्ट ५ छानिएका थिए ।
