प्रणय दिवस विशेष प्रेमिल मुक्तकहरु

कोरियाअपडेट साहित्य

– सन्तोष चौलागाईं

मुक्तक १
प्रेमले नै थेगेको छ सान्सारिक भार
प्रेम नै हो जीवन र जगतको सार
साचो प्रेममा भयाङ्गकर मिल्दछ तागत ,
बिश्वास गर हुदैन प्रेममा कहिल्यै हार !!

 

मुक्तक २
नौनी जस्तै मेरो मन पगाल्न थाले पछि
सधै राफ ताप दिएर गाल्न थाले पछि
मैले मेरो मनलाई पत्थर जस्तै बनाए ,
फसाउनलाई जाल भित्र हाल्न थाले पछि !!

 

मुक्तक ३
साचो प्रेम स्वच्छ हुन्छ स्वीकार गर्नु पर्छ
झुट्टो प्रेम खराब हुन्छ तिरस्कार गर्नु पर्छ
अन्तर आत्माले नियाल्दा देखिने छ सबै ,
सर्तहरुले गाजेको प्रेम बहिस्कार गर्नु पर्छ !!

 

मुक्तक४
मन भित्र माया छ भने सधै प्यारको कुरा हुन्छ
मन भित्र स्वार्थ छ भने अधिकारको कुरा हुन्छ
ती मनहरुमा कसरी प्रेम भरिन सक्छ होला र ,
आफ्नो दायित्व भित्र पनि ठुलै भरको कुरा हुन्छ !!

 

मुक्तक ५
मन भित्र पिर चिन्ता डर सर्न सक्छ
खुशीका सुचाङ्क तल तल झर्न सक्छ
जतन गरि समालेर राख आफ्नाहरु ,
गुमे पछि फेरि पाउन मुस्किल पर्न सक्छ !!

 

मुक्तक६
बचनमा प्यार सजाय पनि व्यबहारमा ठुलो अपमान हुन्छ
लाग्दछ आजभोलि प्रेममा बिसादी मिसिएको भान हुन्छ
यहाँ प्यारका नजर र रुपहरु पनि सधै देखिन्छ बदलिँदो ,
मुटुको धड्कन बनेको प्यार फेरि क्षणभरमै बैमान हुन्छ !!

 

सन्तोष चौलागाईं
गुन्सी भदौरे रामेछाप ,
हाल दक्षिण कोरिया ।

Facebook Comments Box