सोलुखुम्बु।नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्वमन्त्री बलबहादुर केसीले कुनैपनि निर्वाचन हुन सक्ने भन्दै तयारीमा रहन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ।एमालेले पाउँने सेवा सुविधा लिने अनि सदन चल्न नदिनु गैरजिम्मेवारी व्यवहार रहेको आरोप लगाउँनुभयो।३४ वटा गाउँ विकास समिति हुँदा ३२ गाउँ विकास समिति जित्ने कांग्रेस सोलुखुम्बुको हालत अहिले विग्रेको देख्दा नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउँको अनुहारको पोसिनमा पुगेकोमा दुख व्यक्त गर्नुभयो।
प्रदेश सभा(क)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रलाई विशेष सम्बोधन गर्दै वरिष्ठ नेता केसीले च्याखे नथाप्न अवसरवादी नेताहरूलाई आक्षेप लगाउँदै केसीले भन्नुभयो”यो पटकको निर्वाचन जित्न सफल नभए भविष्यमा हुने जुनसुकै निर्वाचनमा विजयी हासिल गर्न अप्ठ्यारो पर्न सक्ने स्पष्ट पार्नुभयो।”४८ सालदेखि भएका निर्वाचनमा आफू ६ पटक पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेर ४ पटक विजयी भएको स्मरण गराउँदै केसीले सक्रिय ढंगबाट नलागे निर्वाचनमा विजयी हासिल गर्न सकस पुग्ने धारणा राख्नुभयो।पार्टी र जनताले पत्याएको मान्छेले मात्र निर्वाचन जित्ने उदघोष गर्नुभयो।स्थानीय तह जिते मात्र प्रदेश र संघमा जित्न सजिलो हुने संकेत गर्नुभयो।
कार्यसम्पादन समिति सदस्य रहनुभएका केसीले कृषि मन्त्रालयका पुर्व सचिव योगेन्द्र कार्की कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको छ।प्रशासनीक क्षेत्रमा काम गर्दै आउँनु भएका कार्कीलाई सक्रिय राजनीतिमा वरिष्ठ नेता बलबहादुर केसीले भित्रयाउनु भएको छ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्दराज पोखरेल,आङगेलु शेर्पा,प्रतिमा गौतम नेताहरु मनोजमणी आचार्य,प्रमोदहरी गुरागाई जिल्ला सभापति नाम्गेल जांगवु शेर्पा निवर्तमान सभापति विनोदकुमार बस्नेत पुर्व सभापति छत्रध्वज बस्नेत लगाएत जिल्ला तथा प्रदेश सभाका नेताहरुको कार्यक्रममा उपस्थिती रहेकोे उपसभापति फुर्तिमान तामाङले जानकारी दिनुभयो।
२ दिने प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले कार्यकर्ता सजग हुने दिन आएको भन्दै निर्वाचनमा पार्टीलाई विजयी गराउँन योजनाहरुको निर्माण हुनुपर्नेमा जोड दिनुभयो।प्रशिक्षक डा पोखरेलले जनमत बढाउँन कांग्रेसले गरेका राम्रो कामहरूको जनतामाझ राम्रो सन्देश पुर्याउदै आफ्नो हैसियत माथि राख्न नेताहरूले पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन प्रशिक्षणमा सहभागीहरुलाई भन्नुभएको छ।
