कोरिया आउदाँ क्वारेन्टाइन बस्नु नपर्ने नियम आउदैँ

कोरियाअपडेट समाचार

सौल, दक्षिण कोरिया ।

दक्षिण कोरियाले अब विदेशबाट कोरिया प्रवेश गर्नेहरुलाई क्वारेन्टिन बस्न नपर्ने नियम लागू गर्ने भएको छ। आउँदो मार्च २१ तारिखबाट यो नियम लागू हुने कोरियाली सन्चार माध्यमहरुले जनाएका छन। यस अघि कोरिया प्रवेश गर्नेहरुले अनिवार्य रुपमा क्वारेन्टाईन बस्नुपर्ने थियो ।

 

यस अघि कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिन बस्नु पर्दथ्यो। यो नियम परिवर्तन भएसँगै कोरिया प्रवेश सहज हुने विश्वास गरिएको छ। क्वारेन्टिन बस्ने ठाउँकै अभावका कारण लामो समय देखि नेपाल लगायतका देशहरुबाट विदशी नागरिकहरु सहज रुपमा कोरिया उड्न पाइरहेका थिएनन्।

 

तर विदेशमा कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुले मात्रै क्वारेन्टिन छुट पाउनेछन। खोपको पूरा मात्रा नलगाएकाले भने यस्तो छुट पाउने छैनन। दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगवनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ।

 

आउँदो २१ तारिखबाट लागू हुने यो नियम आएसँगै बर्षौंदेखि कोरिया प्रवेशको पर्खाईमा रहेका विदेशी मजदुरहरु खुशी भएका छन। दक्षिण कोरियाले नेपाल लगायत भियतनाम, बंगलादेश, श्रीलङ्का, म्यानमार लगायतका १६ वटा देशबाट इपिएस कामदार लैजाने गरेको छ।

 

कोरोनाका कारण सहज रुपमा कोरिया प्रवेश नपाउँदा नेपालबाट पनि कैयौं इपिएस भाषा पास गरेर उडानको प्रतिक्षमा रहेका छन। केहि समय अघिबाट बिस्तारै कामदार कोरिया जान थाले पनि प्रतिक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन। तर अबको यो निर्णयले कोरिया प्रवेश छिटो हुने अपेक्षा सबैले गरेका छन।

(साभार ः naya dainiki)

Facebook Comments Box