मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै उहाँले मधेश–प्रदेश तथा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना दिनुभएको छ ।
एमाले धनुषाको अध्यक्षमा पुनः यादव
नेकपा (एमा)ले धनुषा शाखाको अध्यक्षमा राजकिशोर यादव चयन हुनुभएको छ । जनकपुरधाममा गएराति सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मतरुपमा पुनः उहाँकै अध्यक्षमा १३५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । गठित समितिको जिल्ला उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिवमा श्याम पूर्वे रहनुभएकोे छ ।यसअघि २०७१ मा भएको छैठौँं जिल्ला अधिवेशनमा पनि यादव नै अध्यक्षमा चयन हुनुभएको थियो ।