वुमन फर वुमनको छैठौं अधिवेशन सम्पन्न, पार्वती मोक्तानको नेतृत्वमा १५ सदस्य कार्यसमिति गठन

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

कोरिया बासी सम्पूर्ण दिदीबहिनीहरूको साझा संस्था वुमन फर वुमनको छैठौं अधिवेशन रितु श्रेष्ठको सभापतित्व र नेपालीराजदुताबासकी श्रम काउसेलर रमा भट्टराईको प्रमुख अतिथ्यता एंव बिशेष अतिथीको रुपमा NRNA कोरियाकी महिला संयोजक सुजाता बस्नेत एंव बिभिन्न संघ संस्थाका पदाधिकारीको आथित्यमा भब्यताका साथ सम्पन्न भएको   उक्त अधिवेशनले सर्वसहमतिबाट अध्यक्ष पार्वती मोक्तान लगायत १५ सदस्यीय कार्यसमितिको चयन गरेको छ।

  छैठौं अधिवेशन सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण उपस्थित संघ संस्थाहरू लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई वुमन फर वुमनले  हार्दिक धन्यवाद ज्ञापन गरेको छ।वुमन फर वुमन दक्षिण कोरियाको  नवनिर्वाचित छैठौं कार्य समितिको नामावली निम्न रहेको छ।

अध्यक्ष : पार्वती मोक्तान

बरिष्ठ उपाध्यक्ष :रुपा गुरुङ

उपाध्यक्ष: कुशला क्षेत्री

उपाध्यक्ष: मातृ शोभा राई

सचिब : सुश्मा थापा

सह्सचिब : यमन सेन

कोषाध्यक्ष :  देवी  घले

सहकोषाध्यक्ष : मनकुमारी राना

सदस्यहरु: समुन्द्र अर्याल , ईश्वरी रानाभाट , कल्पना श्रेष्ठ , बिन्दु शाह, कमला साउद , देउता बि..र सुजिता बि. .

निर्वाचित अध्यक्ष पार्वती मोक्तान लगायत निर्वाचित सम्पूर्ण कार्यसमितिलाई कामदार दैनिक परिवार हार्दिक बधाई एवं  सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।