काठमाडौँ।
होटल याक एण्ड यतिमा जारी गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट २०२१-२०२३ कार्यकालको लागि बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन चयन भएको छ।
मंगलबार राती भएकाे नयाँ नेतृत्वमा महासचिवमा बेल्जियमकी जानकी गुरुङ निर्बिरोध निर्वाचित भएकी छिन् । यस अघि कुल आचार्य र बद्री केसी पनि घले टिममा रहेकोमा राजनीतिक सहमति पछि आचार्य र केसी एक ठाउमा रहन पुगे। । तर घलेले राजनीतिक दवाब नमान्ने भन्दै अधिबेशन सम्पन्न गर्ने अडान लिएका थिए।
निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रमुख आयुक्त प्रकाश धमलाले सपथ तथा पदभार ग्रहण गराएका थिए।
नवनिर्वाचित पदाधिकारी निम्नानुसार छ:
अध्यक्ष- बिनोद कुँवर (साउथ कोरिया)
उपाध्यक्ष-उमेश पुडासैनी (कुवेत)
उपाध्यक्ष-थर्क सेन (बेलायत)
उपाध्यक्ष-बाबु राम लामा (अमेरिका)
उपाध्यक्ष-सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)
उपाध्यक्ष-महिला-भोमा लिम्बु (अष्ट्रेलिया)
महासचिव-जानकी गुरुङ (बेल्जियम)
सचिव-जुनु गुरुङ (कोरिया)
कोषाध्यक्ष-डिला राम खरेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक-केशब कडेल (अष्ट्रेलिया) is
क्षेत्रीय संयोजक-अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका)
क्षेत्रीय संयोजक-युरोप- उल्का घिमिरे (बेल्जियम)