NRNA कोरियाले आठ दिने ” कृषि उधम सम्भावना र चुनौती “बिषयक तालिम सन्चालन गर्दै

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

बिदेशमा सीप पूंजी आर्जन गरौ, स्वदेशमा कृषि उधममा लगानी गरि आत्मनिर्भर समृद्ध बनौभन्ने मूल नाराका साथ गैर आवासीयनेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको संयोजकत्व तथा नेपाली राजदूतावास दक्षिण कोरियाको सहकार्यमा  आठदिने कृषि उधम सम्भावना चुनैती सम्बन्धि तालिम  २०२२को उद्घाटन कार्यक्रम गर्न  लागेको NRNA कोरियाका अध्यक्ष दिपक पुनले बताए।

 

कार्यक्रमा हरेक हप्ता फरक बिषय बस्तुहरुमा सम्बन्धित विज्ञहरु बाट प्रसिक्षण हुने छ।कार्यक्रमको उद्घाटन समारोह एप्रिलको तारिखसाँझ ०७:०० बजे कोरियन समय अनुसार हुने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत,विशेष अतिथि तथा बक्ताको रुपमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका उपसचिव डा. बाबुराम ढुङ्गाना रहने NRNA कोरियाकामहासचिव रोशन भट्टराईले बताए।

 

भुर्चुल माध्यम जुमबाट सन्चालन हुने उक्त कार्यक्रमको फेसबुक लाईभ NRNA SOUTH KOREA को आधिकारिक फेसबुक पेजबाटहनुको साथै बिबिन्न बिषय बस्तु, प्रशिक्षकको नाम ,जुम लिंक ब्यानर हरेक हप्ता NRNA SOUTH KOREA को आधिकारिकFACEBOOK पेज बाट सूचना प्रकाशित गरिने छ।

तालिमका मुख्य विषय बस्तुहरु कार्यक्रम निम्न रुपमा रहेको छः

. उद्घाटन कार्यक्रम

.  नेपालको कृषिजन्य उत्पादन, खपत, तथा आयातनिर्यातको अवस्थाको बारेमा पत्तालगाउने

. नेपालको कृषि क्षेत्रमा आधारित उधमको पहिचान गरि संचालनको अबस्था पत्तालगाउने

. कृषि उधम संचालनमा पालना गर्नु पर्ने कानूनी प्रक्रियाहरु को पहिचान गर्ने

. कृषि उधममा सहयोगी निकाय प्रदान गरिने सेवा तथा सुविधाहरु थाहापाउने

. कृषि उत्पादनमा वित्तीय सेवा/सहुलियतपूर्ण कर्जाको पहिचान गर्ने

. नेपालको कृषि बजार को अवस्था, सम्भावना चुनौतीबारे छलफल गर्ने

. कृषि उधममा आधारित व्यवसायीक योजनाको  संक्षिप्त नमुना बनाउने

. नेपालमा कृषि उधममा भएको प्रविधिको प्रयोग पहिचान गर्ने

१०. समापन कार्यक्रम

माध्यमःजुम भुर्चुल साथै फेसबुक लाईभ

जुम आइडी : ८६५ ०१९९ ५६८४

जुम पासकोड: १२३४५६

जुमलिंक: https://us02web.zoom.us/j/86501995684?pwd=UGdKeEl3cEFxT1orQmRTMWhUci9TUT09