नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको छलफल तथा चियापान कार्यक्रममा अध्यक्ष सिग्देलले युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौँडामा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको बताउनुभयो । उहाँले अहिले होटल बुकिङ भइसकेको भन्दै उहाँले जेठ ११ र १२ गते नै देशभरिका युनियनमा आबद्ध पत्रकारले आयोजनास्थालमा पुगी अधिवेशन सक्नुपर्ने बताउनुभयो ।
स्थानीय तहको निर्वाचन, कांग्रेस महासमिति बैठक, कोभिड महामारीलगायतका कारण युनियनको अधिवेशन समयमै गर्न नसकिएको अध्यक्ष सिग्देलको भनाइ छ ।
Facebook Comments Box