सुदूरपश्चिम समाज दक्षिण कोरियाको भर्चुअल अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कोरियाअपडेट समाचार

कामदार दैनिक

सौल, दक्षिण कोरिया

सुदुरपश्चिम समाज कोरियाले अप्रिल २३ तारीख शनिबारका दिन कोरियन श्रम, निएम र कानुन विषयमा (भर्चुअल) बृहत अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सफल गरेको छ । सुदुरपश्चिम समाज कोरियाका अध्यक्ष यज्ञमान नायककको अध्यक्षतामा सम्मपन्न भयको कार्यक्रममा नेपाल राजदुताबास कोरियाका कन्सुलर(श्रम) रमा भट्टराईले प्रमुख आतिथ्यता ग्रहण गरेकी थिईन्। एम टि यु अध्यक्ष उदय राईले कोरियन श्रम,नियम र कानून सम्बन्धी उक्त कार्यक्रममा प्रशिक्षण दिएका थिए।

प्रमुख अतिथि रमा भट्टराईले आफ्नो संवोधनका क्रममा सुदुरपश्चिम समाज कोरियाको प्रशंसा गर्दै आगामी दिनमा पनि सुदुरपश्चिम समाज कोरियाले यस्तै कार्यक्रमको आयोजना गर्दा नेपाल दूतावास कोरियाले गर्नु पर्ने साथ, सहयोग र सहकार्यको लागि आफूहरु तत्पर रहने कुरा पनि उल्लेख गरेकी थिइन्।

उक्त कार्यक्रमबाट कोरियामा रहेको धेरै नेपाली दाजु भाई तथा दिदीबहिनहरुले लाभ लिएको र कार्यक्रमममा सहभागी हरु मध्य धेरै जनाले उदय राई सॅग आफ्नो जिज्ञासा राखेर जान्न चाहेको कुराको जानकारी लिएर लाभ लिनु भएको कुरा सुदुरपश्चिम समाज कोरियाका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक महेश बजगाईले बताए।

Facebook Comments Box