जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनले गाउँ गाउँमा फ्रि वाइफाइ जडान गर्ने भएको छ । गठबन्धनमा आबद्ध दलका उम्मेद्वार विजयी भएमा गाउँपालिकाका हरेक गाउँमा फ्रि वाइफाइको व्यवस्था मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै बृद्ध, बालाबलिका, विद्यार्थी र फरक क्षमता भएका ब्यक्तिलाई यातायात शुल्कमा ३० प्रतिशत छुट मिलाइने गठबन्धनले जनाएको छ ।
माध्यामिक तहमा आबस्यकता अनुसार प्राबिधिक धार अन्तरगत कृषि तथा भेटनरी, सिभिल ईन्जिनियरिङ वा अन्य प्राबिधिक शिक्षा संचालन गर्ने, गाँउपालिकाको प्रशासनिक भबनको बिवादलाई समाधान गरी गुणस्तरिय मापदण्ड अनुसारको भवन यथाशिघ्र निर्माण सम्पन्न गर्ने, बाकी वडाका कार्यलय भवनहरु निर्माण गर्ने, ऐशेलुखर्क अस्पताललाई उच्चतम प्रबिधिमैत्री प्रबिधिक श्रोतसाधन, दक्ष स्वास्थ्यकर्मी सहित नियमित स्वास्थ्य सेवा संचालन गर्ने, प्रत्येक युवालाई खेलकुद प्रशिक्षण प्रदान गरी ब्यवसायिक खेलाडी उत्पादनमा जोड दिने, मासुजन्य उत्पादनको आयातमा रोक लगाई स्थानी स्तिरमै ब्यवसायिक उत्पादनको सुरुवात र उपभोगमा कृषक तथा उपभोक्तालाई प्रोत्साहन गर्दै उत्पादनलाई निर्यातको स्थितिसम्म पुर्याउने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै, बहाने पोखरी, झुले डाडा, डाडाखर्क, देउराली पोखरी, देउरली, घ्याङखर्क, फापरसोरा, सपनेस्वर महादेब र ठाडेडाडा लगायतका ठाउहरुलाई थप प्रबर्धन गरी पर्यटक आकर्षित गर्ने, स्थानियस्तरमा पाईने कच्चा पदार्थलाई उपयोग गरी घरेलु तथा साना उद्योगहरु संचालनमा जोड दिने लयातको काम गठबन्धनमा आवद्ध दलका उम्मेद्वार विजयी भएका गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गरी चार दलीय गठबन्धन रहेको ऐसेलुखर्क गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका श्री बहादुर राई र उप–प्रमुखमा नेपाली कांग्रेसका राजेश राजभण्डारीको उम्मेद्वार छ । वडा नम्बर ३, ५, ६ र ७ मा गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारहरु रहेका छन भने वडा नम्बर १, २ र ४ नम्बरमा मित्रबत प्रतिस्पर्धा गर्ने सहमती कायम रहेको छ ।
गठबन्धनको ५ बर्षिय कार्य योजना ( यस्ता छन्)
शिक्षा
क) माध्यामिक तहमा आबस्यकता अनुसार प्राबिधिक धार अन्तरगत कृषि तथा भेटनरी, सिभिल ईन्जिनियरिङ वा अन्य प्राबिधिक शिक्षा संचालन गर्ने ।
ख) वार्षिक रुपमा बिपन्न परिवारका जेहेन्दार २ जना बिद्यार्थीलाई २ वर्ष गाँउपालिकामै सेवा गर्ने शर्तमा एम.बि.बि.एस डाक्टरको निःशुल्क अध्यन गर्ने ब्यबस्था मिलाउने ।
ग) प्रबिधिमैत्री शिक्षण तालिका निर्माण गरी अध्ययन अध्यापनको ब्यबस्था गर्ने ।
घ) स्नातक तहसम्मको अध्ययन गाँउपालिकामै गर्न सकिने गरी ब्यबस्था गर्ने ।
ङ) बिद्यार्थी संख्याका आधारमा १० कक्षासम्म पठनपाठन संचालन भईरहेको बिद्यालयमा प्लस टु संचालन गर्ने ।
च) प्रत्यक बिद्यालयमा स्वच्छ खानेपानी तथा ब्यबस्थित शौचालय सहित बालमैत्री भौतिक संरचनाहरु निर्माण गर्ने र नियमित बिद्यार्थीहरुको स्वास्थ्य जाँचको ब्यबस्था बिद्यालयमै गर्ने ।
छ) शिक्षक तथा बिधालय कर्मचारीलाई आबस्यक शैक्षिक तालिम, प्रशिक्षण, शैक्षिक भ्रमण ब्यबस्था गर्ने, बार्षिक रुपमा उत्कृष्ट कार्य गर्दै बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने शिक्षक तथा शिक्षिकालाई आन्तरिक मुल्याकंनका आधारमा पुरस्कार तथा प्रोत्साहनको ब्यबस्था गर्दै बिद्यालय प्रशासनिक खर्चमा बढोत्तरी गर्ने ।
ज) बिद्यार्थीलाई प्रबिधिमा दक्ष बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका शिक्षक शिक्षिका मार्फत अनलाईन कक्षा लिन सक्ने ब्यबस्था गर्ने ।
झ) गाँउपालिकाभित्र रहेका सबै बिद्यालयहरुलाई शैक्षिक गुणस्तर अभिबृद्धिका आधारमा आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्ट बिद्यालयलाई थप प्रोत्साहन गरी बैज्ञानिक एबम् ब्यबहारिक शिक्षामा जोड दिने ।
ञ) शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सबै बिद्यालयलाई सहयोग पुर्याउनेगरी आबस्यक संख्यामा बिषयगत दक्ष शिक्षकहरु गाँउपालिकाले नै ब्यबस्थापन गर्ने
भौतिक पुर्वाधार तथा यातायात
क) गाँउपालिकाको प्रशासनिक भबनको बिवादलाई समाधान गरी गुणस्तरिय मापदण्ड अनुसारको भवन यथाशिघ्र निर्माण सम्पन्न गर्ने, बाकी वडाका कार्यलय भवनहरु निर्माण गर्ने ।
ख) गाँउपालिकाकास्वास्थ्य संस्था तथा बिद्यालयका भौतिक संरचनाहरुलाई आबस्यकताका आधारमा सुधार तथा थप गर्ने ।
ग) गाँउपालिका भित्र निर्माणाधिन १५ सैयाको अस्पताल भवन निर्माण सम्पन्न गरी दक्ष स्वास्थ्य जनशक्ती सहित संचालनमा ल्याउने ।
घ) ऐशेलुखर्क गाँउपालिकामा डि.पि.आर भईसकेको बसपार्क निर्माण गरी यथाशिघ्र संचालनमा ल्याउने ।
ङ) सदरमुकाम दिक्तेल, देखि पालिका केन्द्र र पालिका केन्द्र देखि छिमेकी पालीका वा जिल्ला जोड्ने मुख्य सडकलाई कालोपत्रे गर्ने र प्रत्यक वडालाई जोड्ने सडकलाई ड्रेन सहितको ब्यबस्थापन तथा स्तरोन्नति गर्ने ।
च) प्रत्यक वडा कार्यालयदेखि साबिकका वडाहरुमा जोड्ने सडकहरुको उचित ब्यबस्थापन तथा संचालन गर्ने
छ) भूगोल र सम्भाब्यता आधारमा टोलटोलमा कृषि सडक तथा पर्यटन पदमार्ग संचालन गर्ने
ज) बजार क्षेत्रभित्रको सडकलाई डलान गरी ब्यबस्थित गरिने
झ) नियमित, सहज तथा सर्बसुलभ बस सेवा संचालन गरी प्रत्यक वडामा आवागमनलाई सहज बनाउने, बृद्ध, बालबालिका, बिद्यार्थी वा फरक क्षमताका ब्यक्तिहरुलाई यातायात शुल्कमा ३० प्रतिशत छुटको ब्यबस्था गर्ने
ञ) ऐशेलुखर्क गाँउपालिकाभित्र निर्माणाधिन पुलपुलेसा यथाशिघ्र सम्पन्न गराई संचालनमा ल्याउने, अन्य कल्र्भट, नाली वा ड्रेन, बेलीबृज अथवा स्टिल बृज आबस्यकताका आधारमा प्रत्यक खोलाखोल्सामा निर्माण गर्ने
ट) बजार क्षेत्रमा ब्यबस्थित ढल निर्माण गरी ढल ब्यबस्थापनमा जोड दिने, फोहोर ब्यबस्थापनका लागि डम्पिङ साईटलाई ब्यबस्थित तरिकाले संचालन गर्ने
स्वास्थ्य
क) ऐशेलुखर्क अस्पताललाई उच्चतम प्रबिधिमैत्री प्रबिधिक श्रोतसाधन, दक्ष स्वास्थ्यकर्मी सहित नियमित स्वास्थ्य सेवा संचालन गर्ने
ख) प्रत्यक स्वास्थ्य संस्थामा औशधीको पर्याप्त उपलब्धतालाई जोड दिदै सकेसम्म हरेक स्वास्थ्य जटिलताको निदान स्थानियस्तरमै गर्न सक्ने गरी २४ घण्टे आकस्मिक सेवा दिने गरी स्वास्थ्य चौकीहरुको बिकास गर्ने
ग) स्वास्थ्यकर्मीहरुलाई जिम्मेवारी प्रति लगनशिलताका आधारमा सम्मानित तथा प्रोत्साहित गर्ने
घ) प्रत्यक वडामा ब्यबस्थित र बाल तथा अपाङ्गमैत्री स्वास्थ्य चौकी भवन निर्माण गर्ने वा निर्माणाधिन भवनहरु यथाशिघ्र सम्पन्न गर्ने
ङ) स्वास्थ्य स्वयमसेबिकाहरुको भत्तामा बढोत्तरी गर्ने,
च) रक्तदान कार्यक्रम संचालन गरी रगतको अभाब हुन नदिनका लागि ब्लडबैंक संचालन गरिनेछ । गाँउपालिकाभित्रका सबै नागरिकको ब्लडग्रुप चेक गरी आबस्यकता पर्दा तत्काल रगत दिनसक्ने ब्यबस्थापन गरिनेछ ।
युवा तथा खेलकुद
क) प्रत्यक युवालाई खेलकुद प्रशिक्षण प्रदान गरी ब्यबसायिक खेलाडी उत्पादनमा जोड दिने
ख) गाँउपालिकामा बिभिन्न समयमा खेलकुद प्रतियोगिताको आयोजना गरी उत्कृष्ट खेलाडीलाई जिल्ला तथा प्रदेश स्तरिय वा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुदमा सहभागी गराईने
ग) प्रत्यक वडामा निर्माण भएका, निर्माणाधिन वा निर्माण गर्नुपर्ने खेलमैदानलाई यथाशिघ्र निर्माण गर्नुका साथै ब्यबस्थित र नियमित खेलकुद गतिबिध संचालनमा जोड दिने
घ) यसअघि नै डि.पि.आर भईसकेको राजभण्डारी खेलमैदानलाई प्रदेश वा संघिय सरकारसंगको समन्वयमा निर्माण सम्पन्न गर्ने
ङ) प्रत्यक युवालाई गाँउमै स्वरोजगार बन्नको लागि सम्भाबित क्षेत्रहरुमा लगानीको बाताबरण निर्माण गर्ने वा शैक्षिक प्रमाणपत्रका आधारमा ब्यबसायिक सहुलियत कर्जाको ब्यबस्था गर्ने
च) गाँउमै कुनै ब्यबसाय गरिरहेका युवालाई सरकारी अनुदान मार्फत सहयोग पुर्याउदै रोजगारीको सिर्जना गर्ने
कृषि तथा पशुपालन
क) कृषकहरुलाई ब्यबसायिक उत्पादनमा जोड दिदै आबस्यक तालिमको प्रबन्ध गर्ने
ख) स्थानिय बिउबिजनको संरक्षण तथा बितरण गर्ने, उन्नत जातका बिउहरु निःशुल्क उपलब्ध गराउने
ग) नगदेबालीलाई प्रोत्साहन गर्दै कृषकलाई ब्यबसायिक उत्पादनमा सघाउ पुर्याउने
घ) बालीनालीमा लाग्ने रोगको निवारण स्थानियस्तरमै गर्ने, बिज्ञ मार्फत नियमित कृषि परामर्श संचालन गर्ने
ङ) कृषि तथा पशुबिमा अभियानलाई पुर्ण रुपमा कार्यान्वयन गरी कृषकको क्षती न्युनिकरणमा जोड दिने
च) आबस्यक मात्रामा सिचाईको ब्यबस्थापन गर्ने, प्रत्यक कृषकलाई रिचार्ज तथा प्लास्टिक पोखरी र टर्नेल निर्माणमा सहयोग अनुदान प्रदान गर्ने
छ) कृषि अनुदानमा बढोत्तरी गर्ने र अनुदानको उपयोगिता समेत खोजिने
ज) स्थानिय जातको घरपालुवा पशुपंन्छीलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्दै उत्पादन बृद्धिमा जोड दिने
झ) मासुजन्य उत्पादनको आयातमा रोक लगाई स्थानियस्तरमै ब्यबसायिक उत्पादनको सुरुवात र उपभोगमा कृषक तथा उपभोक्तालाई प्रोत्साहन गर्दै उत्पादनलाई निर्यातको स्थितिसम्म पुर्याउने
ञ) भईपरी आउने क्षति न्युनिकरण वा बिमा मार्फत उचित क्षतिपुर्तीको ब्यबस्थापन गर्ने
ट) पशु स्वास्थ्यसंग सम्बन्धीत घुम्ती शिबिरहरु टोलटोलमा संचालन गरिनुका साथै सर्बसुलभ प्रबिधिक सेवा तथा औशधीको ब्यबस्था गर्ने
ठ) बादर नियन्त्रणका लागि बनसंग समन्वय गरी नितिगत असहजतालाई हल गर्ने वा प्राबिधिक यन्त्र वा अन्य बिधिको अबलम्बन गर्ने र बादरद्धारा कृषकको बालिनालीमा पुगेको क्षतीको क्षतीपुर्ती प्रदान गर्ने
ड) कृषि पकेट तथा जोनहरुलाई ब्यबस्थित गर्दै कृषि पर्यटनको बिकास गर्ने
ढ) कृषिलाई आधुनिकिकरण गर्नका लागि भूगोल अनुसारको यान्त्रीकरणका जोड दिदै, यन्त्र खरिदमा अनुदानको ब्यबस्था गर्ने
ण) उत्पादित कृषि उपजहरुको भण्डारण तथा बजारीकरणलाई प्राथमिकता दिईने
त) कृषि तथा पशुमा लाग्ने रोग पहिचानका लागि गाँउपालिकामै ल्याब संचालन गर्ने
थ) बाली संरक्षणको लागि रासायिक पद्धतीलाई निरुत्साहित गर्दै पुर्ण जैबिक पद्धतीलाई अबलम्बन गर्ने कार्यक्रम बनाउने
ठ) भौगोलिक अबस्थिति र स्थानिय हावापानी सुहाउदो बालीनालीको क्लस्टर निर्माण गरी बिज्ञको परामर्श अनुसार चिया तथा कफी, अलैची, किबी लगायतका हिउदे तथा बर्खे फलफूल र अन्य जडिबुटी तथा नगदे बालीहरुको उत्पादनमा जोड दिने
ड) गाँउपालिकाभित्र रहेका सम्पुर्ण बाझो जमिनहरुलाई प्रयोगमा ल्याउने
ढ) गाँउपालिकाभित्र उपलब्ध बनस्पती तरकारी तथा फलफूल बिरुवाहरु स्थानियस्तरमै नर्सरी ब्यबस्थापन गरी उत्पादन गरिने, उत्पादित बिरुवाको लागि अनुदान उपलब्ध गराउने
पर्यटन
क) गाँउपालिकाभित्र रहेका प्रकृतिक, धार्मिक, साँस्कृतिक एबम ऐतिहासिक क्षेत्रहरुको पहिचान गरी आबस्यक पर्यटन पुर्वाधारको बिकास गर्दै प्रचार प्रसारमा जोड दिने
ख) गाँउपालिकाभित्र रहेका चार्चित पर्यटकियस्थलहरुको ऐतिहासिक महत्व झल्किनेगरी श्रब्यदृष्य सामाग्री उत्पादन गरी देश तथा बिदेशमा प्रचार गर्ने
ग) बहाने पोखरी, झुले डाडा, डाडाखर्क, देउराली पोखरी, देउरली, घ्याङखर्क, फापरसोरा, सपनेस्वर महादेब र ठाडेडाडा लगायतका ठाउहरुलाई थप प्रबर्धन गरी पर्यटक आकर्षित गर्ने
घ) देश तथा बिदेशबाट समेत आउने पर्यटकहरुको सुबिधाका लागि पर्यटकिय क्षेत्र आसपास ब्यबस्थित होटल पसल संचालनमा सहयोग पुर्याउने
उद्योग तथा कलकारखाना
क) स्थानियस्तरमा पाईने कच्चा पदार्थलाई उपयोग गरी घरेलु तथा साना उद्योगहरु संचालनमा जोड दिने
ख) घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको बजारीकरणमा सघाउ पुर्याउने
ग) घरेलु उद्योग संचालकहरुलाई आबस्यक तालिमको ब्यबस्थापन गर्ने
घ) स्थानियस्तरमा संचालित घरेलु तथा साना उद्योगमा स्थानिय जनशक्तीको प्रयोग गरी रोजगार तथा स्वरोजगार बृद्धि गर्ने
ङ) उद्योग संचालन गर्न ईच्छुक उद्यमीलाई नितिगत, प्रबिधिक वा आर्थिक रुपमा सहयोग पुर्याउने
बन तथा बाताबरण
क) प्राकृतिक स्रोत र साधनमाथि स्थानीय जनताको अग्राधिकार कायम गरिने छ ।
ख) जल स्रोत, वनसम्पदा र खनिज पदार्थ आदिको प्रयोग गर्दा वातावरणीय प्रतिकूलता नहुने गरी गरिने छ ।
ग) जैबिक बिबिधता, जडिबुटी र अन्य प्राकृतिक श्रोतहरुको संरक्षणमा जोड दिदै अद्योगिकिकरण तथा पर्यपर्यटनमा जोड दिईने छ ।
घ) जडिबुटी संकलन, प्रसोधन, प्रबर्धन र निर्यात गरी गाँउपालिकाको आयआर्जनमा बृद्धि तथा रोजगारमा टेवा पुर्याईनेछ ।
ङ) बैज्ञानिक बन ब्यबस्थापन मार्फत बन कार्यालयसंगको सहकार्यमा बन्यजन्तुद्धारा हुने क्षतिलाई न्युनिकरण पहल गरिनेछ ।
श्रम तथा रोजगार
क) गाँउपालिकाभित्र नै रोजगार विस्तारको लागि श्रम र रोजगारमुलक कार्यक्रमहरुको संचालनमा जोड दिइने छ ।
ख) श्रम बैंकको व्यवस्था गरी त्यसमार्फत् जनशक्ति परिचालन गरिने छ ।
ग) प्रत्येक गाउँमा युवा स्वरोजगार र गरिबी निवारण कोष खडा गरी रोजगारको व्यवस्था गरिने छ ।
सुचना तथा संचार
क) जनमुखी सूचना सञ्चार प्रणालीलाई अवलम्वन गर्न जोड दिइने छ । गाउँ गाउँमा फ्रि वाइफाइको व्यवस्था गरिने छ ।
ख) गाँउपालिकाको सार्बजनिक सुचनालाई सबैको पहुचमा पुग्ने गरी नियमित प्रकाशन एबम प्रकाशन गरिने छ ।
ग) गाँउपालिकाभित्र दुरसंचार सेवालाई थप गुणस्तरिय एबम प्रभाबकारी बनाईनेछ ।
घ) नेपाल टेलिकमको फोर जी सेवालाई गुणस्तरिय बनाईनेछ ।
ङ) गाँउपालिका र प्रत्यक वडाको दैनिक कामकाजहरुको प्रभाबकारी सुचना आदानप्रदान प्रणालीको बिकास गरिनेछ ।
कला तथा सँस्कृति
क) हरेक जाति, धर्म र सँस्कारसँस्कृतिको सम्मान र सम्बर्धन गर्दै मौलिक परम्पराको संरक्षण गरिनेछ ।
ख) गायन, नृत्य, साहित्य र कलाकारिता क्षेत्रमा दख्खल राख्नेहरुलाई कलाकै माध्यमले अगाडी बढ्न सहयोग गरिनेछ ।
ग) कलालाई ब्यबसायसंग जोड्दै ब्यबसायिक कलाकारितामा जोड दिईनेछ ।
घ) प्रत्यक माबि बिधालयमा अध्ययन गर्दै गरेका बिद्यार्थीहरुलाई उनिहरुको कला प्रस्फुटनको लागि समय समयमा प्रधिस्पर्धात्मक कार्यक्रमको आयोजना गरिनेछ ।ाब
ङ) प्रत्यक बिद्यालयमा कक्षा ८ देखि १० सम्मका छात्रछात्रालाई उद्घोषण कला सम्बन्धी तालिम प्रदान गरिने छ ।
उर्जा
क) सम्पुर्णमा टोलबस्तीमा नेपाल सरकारको राष्ट्रिय प्रसारण लाईन बिस्तार गरिनेछ । थप ब्यबस्थित गरी नियमित बनाईनेछ ।
ख) गाँउपालिकामा संचालित लघु जलबिधुतहरुलाई केन्द्रिय प्रसारण लाईनमा जोडिनेछ ।
ग) आबस्यकताका आधारमा प्रत्यक जनताको घर—घरमा बैकल्पिक उर्जा ब्यबस्थापन गरिनेछ ।
घ) जलविद्युत परियोजनाहरुलाई आन्तरिक उत्पादनमुखी क्षेत्रमा खपतको स्थितिको आधारमा परियोजनाहरुको सञ्चालन गरिनेछ ।
ङ) परियोजनाहरु निर्माण गर्दा राज्यको लगानी, स्वदेशी पुँजी, जनताको शेयर लगानीको आधारमा निर्माण हुन सक्ने साना तथा मझौला प्रकृतिका परियोजनाहरुमा जोड दिइने छ ।
च) स्थानिय खोलामा बिधुत उत्पादनको सम्भाब्यता अध्ययन गरी उत्पादन प्रकृया अबिलम्ब थालनी गरीनेछ ।
छ) दुधकोशी जलाशययुक्त आयोजनाका अति प्रभाबित र प्रभाबित जनसमुदायहरुलाई उचित क्षतिपूर्ती र मुआब्जा उपलब्ध गराईनेछ ।
शान्ती सुरक्षा
क) एक वडा एक प्रहरी बिट स्थापना गरिनेछ । गाँउपालिकामा प्रहरी दरबन्दी थप गर्न पहल गरिनेछ ।
ख) गाँउ प्रहरीलाई प्रत्यक टोलमा गस्ती खटाईनेछ ।
ग) बिद्यालयमा स्काउट तालिम र सुरक्षागार्डको ब्यबस्था गरिनेछ ।
घ) महिलाहरुलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिनेछ । सुरक्षा सचेतना र कानुनी परामर्श सेवा जनस्तरमा संचालन गरिनेछ ।