मोहन्यालको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस

राजनीति

कैलालीको मोहन्याल गाउँपालिको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्याय निर्वाचित हुनुभएको छ ।

उपाध्यायले तीन हजार १३४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का धरमबहादुर थापाले दुई हजार ७१५ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसका कमलबहादुर साउद निर्वाचित हुनुभएको छ । साउदले तीन हजार ३३९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वतीदेवी रावल विष्टले दुई हजार ३०३ मत प्राप्त गर्नुभयो ।

मोहन्यालका सात वडामध्ये कांग्रेसले चार, माओवादी केन्द्रले दुई र एमालेले एउटामा जित हासिल गरेको छ ।