चन्द्रागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी विजयी

विचार/अन्तर्वार्ता

सवत्र चासोको रुपमा हेरिएको काठमाण्डौंको चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका घनश्याम गिरी विजयी भएका छन् । एमालेका उम्मेदवार उत्तम बहादुर राउत भन्दा गिरीले ८ सय २४ मत बढी ल्याएका छन् । गिरीले १५ हजार ४ सय ७५ मत ल्याउँदा राउतले १४ हजार ६५१ मत ल्याएका छन् । मेयर पदमै राप्रपाका अजय श्रेष्ठले १२ सय ४१, नेपाल मजदुर किसान पार्टीका किरण महर्जनले ६ सय १८ मत पाएका छन् ।
यसै गरी उपमेयरमा नेकपा एमालेकी बसन्ती श्रेष्ठ १५ हजार ५ सय ६४ मत ल्याएर बिजयी भईन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उठेका राष्ट्रिय जनमोर्चाका रोसन दानीले ४ हजार ४ सय ५९ मत पाएका छन् ।
१५ वडा रहेको यस नगरपालिकामा वडा अध्यक्षहरुमा मिश्रित परिणाम आएको छ ।
जस अनुसार वडा नं. १ मा काँग्रेसका हरिश्याम रानामगर, वडा नं. २ मा माओवादी केन्द्रका भाइकृष्ण तामाङ, वडा नं. ३ मा काँग्रेसका दुर्गालाल महर्जन, वडा नं. ४ मा काँग्रेसको कृष्णप्रसाद खड्गी वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
यसै गरी वडा अध्यक्ष जित्ने अन्य उम्मेदवारमा वडा नं. ५ मा माओवादी केन्द्रका राजेन्द्र महर्जन, वडा नं. ६ मा एमालेका संजय सिग्देल, वडा नं. ७ मा काँग्रेसका शम्भुकुमार केसी, वडा नं. ८मा काँग्रेसका प्रल्लाद रिजाल, वडा नं. ९ मा काँग्रेसका अच्यूत अधिकारी, वडा नं. १० मा एमालेका शिवकुमार महर्जन, वडा नं. ११ मा काँग्रेसका नरेन्द्रराज श्रेष्ठ, वडा नं. १२ मा एमालेका न्हुच्छेबहादुर महर्जन, वडा नं. १३ मा काँग्रेसका श्रीकृष्ण खत्री, वडा नं. १४मा एमालेका राजभाई महर्जन र वडा नं. १५ मा काँग्रेसका घनश्याम लुइटेल विजयी भएका छन् ।
यस मध्ये वडा नं. १ मा मिश्रित परिणाम आएको थियो । जस अनुसार काँग्रेसका वडा अध्यक्ष सहित दुई सदस्य विजयी भए । काँग्रेसका तर्फबाट सदस्य जित्नेमा केशव गिरी र दलित महिला सदस्य सुनिता रोका रहेका छन् । यस्तै एमालेका तर्फबाट महिला सदस्यमा अनिता गिरी र अर्का सदस्य कविराज खड्का विजयी भए । सनत गिरी

Facebook Comments Box