सन्तोष चौलागाई
सौल, दक्षिण कोरिया
ह्वासङ्ग नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा लालीगुराँस स्पोर्ट्स हाउस फारानमा जून 5 तारिक आइतबार ६४ जना प्रतिस्पपर्धी खेलाडीहरुको सहभागितामा खुल्ला पुल प्रतियोगिता सम्पन्न भएको छ ।

पुल प्रतियोगिताम संखुवासभा जिल्ला मकालु गाउपालिका -२ स्थायी घर भइ हाल दक्षिण कोरिया रहनु भएका पासाङ्ग शेर्पा (टाँसी लामा )प्रथम भएर नगद 10 लाख कोरियन वन पुरस्कार सहित सिल्ड ,मेडल प्राप्त गर्न सफल भएका छन । प्रतियोगितामा अर्विन राणा मगर दोश्रो भएर नगद ५ लाख कोरियन वन सहित मेडल प्राप्त गर्न सफल भएका छन । तेसै गरि लालबहादुर सुचिकार उत्कृष्ट खेलाडी भएर नगद एक लाख कोरियन वन प्राप्त गरेका छन ।सबै बिजेता खेलाडी हरुलाई प्रमाण प्रदान गरिएको छ।

उक्त खेलको अबसरमा भएको छोटो औपचारिक कार्यक्रममा ह्वासङ्ग नेपाली परिवार दक्षिण कोरियाले आपत बिपतमा नेपाली समुदायलाई सहयोग गर्दै आउनु भएकी कोरियन प्रहरीसेवामा कार्यरत समाजसेवि सम्झना राई र ह्वासङ्गमा ब्यबसाय गर्दै आउनु भएको समाजसेवी खगेन्द्र खत्रीलाई सम्मान पत्र वितरन गरेर संस्थाको तर्फबाट सम्मान गरेको छ।

खेलको बिजेता पासाङ शेर्पा (टाँसी लामा )ले जितेको पुरस्कारबाट एक लाख वन ह्वासङ्ग नेपाली परिवारको कोषमा जम्मा गरेर सहयोग गर्नु भएको छ। ह्वासङ्ग नेपाली परिवारका अध्यक्ष कमान सिंह राईले सोचे भन्दा धेरै प्रतिस्पर्धि खेलाडीहरुको उल्लासमय सहभागितामा खेल सम्पन्न भएको र खेल सम्पन्न गर्नको लागी सहयोग गर्नु हुने सम्पुर्णलाई आभार व्यक्त गरेका छन्।यस खेलको मुख्य प्रायोजक लालीगुराँस रेस्टुरेन्ट फारान र जिएमइ रेमिटेन्स रहेका थिए ।

