मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

मुख्य समाचार वैदेशिक रोजगार समाचार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा उहाँले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिनुभएको थियो । रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा प्रत्येक वर्ष इपिएस कोरिया शाखाले लिने गर्दछ ।

यस वर्ष गत जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र यही असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २०० जनाले परीक्षा दिइरहेका छन् । यस वर्ष ४४ हजार भाषा परीक्षामा सहभागी भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिनुभयो ।

Facebook Comments Box